पार्टी एकता अन्तिम चरणमा प्रचण्ड
गुगलपाटी संवाददाता हेटौंडा,७ चैत्रनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले नेकपा एमालेसँगको पार्टी एकता अन्तिम चरणमा रहेको बताएका छन् । बुधबार बिहान हेटौंडा ४ स्थित नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘लेलिन जयन्ती अघि नै पार्टी एकता हुन्छ ।’
लेलिन दिवसको अवसर पारेर २२ अप्रिलमा पार्टी एकता गर्ने सुझाव प्राप्त भएपनि त्यस अघि नै पार्टी एकता हुने दाहालले बताएका हुन् ।
अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम बिधान र संगठनको ब्यवस्थापनको सुझाव दिन नबनेको दुई कार्यदलले आफ्नो काम अन्तिम चरणमा पु¥याएको उनले जानकारी दिए । ‘दुई कार्यदलको सुझाव एक दुई दिनमै आउनेवाला छ,त्यसपछि पार्टी एकता कार्यदलको बैठक बसेर एकताको मिति घोषणा गर्छौं’,उनले भने । पार्टी एकताका लेलिन दिवस अघि नै गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलिसँग आफ्नो समझदारी भएको उनले बताए ।
अध्यक्ष दाहालले देशले विकास लिने कुरामा ढुक्क हुन पनि आग्रह गरे । प्रदेश सरकारहरुलाई गतिशिल बनाउन ऐनहरु छिटो भन्दा छिटो बनाउनेतर्फ आफुहरुको ध्यान केन्द्रित रहेको उनले बताए ।
अध्यक्ष दाहालले हेटौंडाबाट प्रदेशको स्थायी राजधानी हुने दाबी गरे । ‘हल्लाको भरमा राजधानी सर्दैन’,उनले भने, ‘यो प्रदेशसभाको अधिकारको कुरा हो, तर अघिल्लो सरकारसँग सहमतिमै प्रदेश राजधानी तोकिएकाले सर्न त्यती सजिलो छैन ।’ उनी आज बिहान पत्रकार सम्मेलन र कार्यकर्ता भेटघाट सकाएर हेलिकप्टरमार्फत काठमाण्डौं फर्केका छन् ।