जुगेडी पुलबाट खस्यो भारतीय ट्रक, २ जनाको मृत्यु
गुगलपाटी संवाददातानारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको एमएच ४२ टी ०३४३ नम्बरको भारतीय ट्रक जुगेडी पुलबाट करिब ५० मिटर तल खोल्सामा खसेको हो ।
दुर्घटनामा ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । एक जनाको घटनास्थलमा नै र अर्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलमको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।