खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाइने

गुगलपाटी संवाददाता काठमाडौं
२६ श्रावण २०७५ ०३:०१

मन्त्रिपरिषदको बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको छ । शुक्रबार राती बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

यस्तै असोजभित्र कार्यान्यनमा आइसक्नुपर्ने कानुन मध्ये ९० प्रतिशत कानुन निर्माण प्रक्रिया पूरा भएको र अब चार पाँच वटा कानुनका बिधेयकहरु संसदमा पेस गर्ने तयारीमा सरकार रहेको मन्त्रीपरिषदको बैठकपछि सञ्चार तथा सुचना प्रविधीमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेका बिधेयक २०७५ संघीय संसदमा पेश गर्ने निर्णय समेत गरेको छ ।
बैठकले मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडितहरुलाई क्षतिपूर्तिको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।