खोलामा कसले छाड्यो ग्रिनेट

गुगलपाटी संवाददाता मनहरी,२६ साउन
२६ श्रावण २०७५ १५:०३

मकवानपुरको मनहरी गाउँपालिका–८ बेलुवास्थित मनहरी खोला बगरमा बेवारिस अवस्थामा बिस्फोटकपदार्थ ग्रिनेट फेला परेको छ ।
खोलाको बालुवामा गाडिएको अबस्थामा उक्त ग्रिनेड(बम) फेला परेको हो ।

स्थानीयबासिन्दाले मनहरी खोला किनारमा ग्रिनेट देखेपछि इलाका प्रहरी कार्यालय मनहरीमा खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । एचगी १० लेखिएको ग्रिनेट बालुवामा आधा गाडिएको अबस्थामा फेला परेको हो ।

नेपाली सेनाको सुपारेटारबाट खटिएको बम डिस्पोजल टोलीले ग्रिनेडलाई निस्कृय बनाएको हो । निस्कृय पार्ने क्रममा ठूलो आवाज आएको स्थानीयहरुले बताए ।