गाउँगाउँमा दलालको सञ्जाल, तीन वर्षमा बेचिए २२ युवती
गुगलपाटी संवाददाताबेच्ने उद्देश्यले मानव ओसारपसार रोकथामका लागि सञ्चालित गैरसरकारी संस्थाको ध्यान मकवानपुरमा केन्द्रित भइरहेको बेला जिल्लामा चेलीबेटी बेचबिखनको घटना भने कम हुन सकेको छैन ।
ललाई फकाई भारतमा पु¥याई यहाँका चेलीहरु बेचिन थालेको प्रमाण भेटिन थालेका छन् । वैदेशिक रोजगारीको लागि भन्दै गएका चेलीहरु फर्किएर बेचिएको भन्दै धमाधम उजुरी दिन थालेपछि यस्तो तथ्य भेटिएको हो । आर्थिकवर्ष २०७२/७३ देखि हालसम्म प्रहरीमा मानव बेचबिखनसम्बन्धी ८ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको मुद्दा शाखाका अनुसार मानव बेचबिखनका घटना सार्वजनिक हुने क्रम बढ्दो छ ।
गाउँकै दलाल वैदेशकि रोजगारीमा लगाइदिने बहानामा बेच्न सक्रिय छन् । पीडितको जाहेरीका अनुसार वैदेशिक रोजगारीमा लैजाने भन्दै फकाउने गरिएको छ । प्रहरीको अनुसन्धानले भन्छ ‘जसले गाउँबाट चेली लेजान्छ, उसैले भारतमा कोठी सञ्चालन गरेर बसेको पाइन्छ ।’ प्रहरीमा दर्ता भएका सात मुद्दाका २२ पीडितले २१ जनालाई विपक्षी बनाएका छन् । तर पनि ४ जना फरार रहेका छन् । पक्राउ परेकामध्ये कोही अनुसन्धानको लागि पूर्पक्षमा थुनामा छन् भने कोही धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।