हेटौंडाको मुख्य बजार क्षेत्रमा नो पार्किङ कायमै
हरि हुमागाई हेटौंडा साउन २७चारदिनदेखि नो पार्किङका बिरुद्धमा आन्दोनमा उत्रिएको मकवानपुर उद्योग बाणिज्यसंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । करिब एक महिना लामो समयदेखि आन्दोलनमा उत्रिएका ब्याबसायीहरुले लिखीत सहमती नगरीकन सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
हेटौंडाको मुख्यबजार क्षेत्रमा हेटौंडा उपमहनागरपालिका, जिल्ला प्रशाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आवहानमा नो पार्किङ गरिएको थियो । हेटौंडाको मेनरोड, रापतिरोड र स्कुलरोडमा नो पार्किङ गरिएपछी मकवानपुर उद्योग बाणिज्यसंघको आवहानमा बिगत चार दिनदेखि हेटौंडा बजारनै बन्द गरेर आन्दोलनमा उत्रिएको उद्योग बाणिज्यसंघ आफ्ना आन्दोलनबाट पछाडी हटेको हो ।
मकवानपुर उद्योग बाणिज्यसंघको टोली संग आज दिउसो भएको मौखिक सहमतीमा नो पार्किङ क्षेत्रलाई कायम राख्ने र कुनै ग्राहकको मोटरसाईकल एकैछिन राख्नका लागि उपयुक्त स्थानको खोजी गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
आज मकवानपुर उद्योग बाणिज्यसंघका कार्यबाहक अध्यक्ष माधब न्यौपाने सहितका पदाधिकारी र मेयर महत सहितको टिमका बिचमा भएको बार्ताबाट ब्याबसायी र घरधनीले नो पार्किङमा सघाउने र ग्राहकको मोटरसाईकल भने उपयुक्त स्थानको खोजी गरेर मात्र केही समेय रोक्न सकिने सहमती भएको मेयर महतले बताउनुभयो ।
ग्राहकको समस्यालाई मध्यनजर गरेर उपयुक्त स्थान उद्योग बाणिज्यसंघको टोली र उपमहानगरपालिकाका प्रतिनिधि मिलेर खोजी गरेपछी मात्र ग्राहकको मोटरसाईकललाई केही बेर मात्र रोक्नेगरी सहमती गरिएको मेयर महतको भनाई छ । यता मकवानपुर उद्योग बाणिज्यसंघले ब्याबसायीको मोटरसाईकल नो पार्किङमा नरोक्ने र ग्राहकको मोटरसाईकल नोपार्किङ गरिएका सडकमा एक तर्फि रुपमा रोक्न दिने भनेर हल्ला फैलाएकोमा यो हल्लामा नलाग्नका लागि मेयर महतले आग्रह समेत गर्नुभएको छ ।
सबैका लागि नियम एउटै भएकाले ग्राहक र ब्याबसायी भनेर नो पार्किङमा नछुट्याइएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नो पार्किङका बिषयमा कुनैपनि हालतमा पछाडी नहट्ने बताएपछी मकवानपुर उद्योग बाणिज्यसंघ आफ्ना आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो ।
नोपार्किङ गरिएपछी चार दिन सम्म आन्दोलन गरेको मकवानपुर उद्योग बाणिज्यसंघले आफ्ना आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर माईकिङ समेत गरिएको मकवानपुर उद्योग बाणिज्यसंघका कार्यबाहक अध्यक्ष माधब न्यौपानेले बताउनुभयो । आन्दोलनका सबै कार्यक्रम आजबाट फिर्ता भएको उहाँको भनाई छ ।
मौखिक सहमती अनुसार ब्याबसायीहरुको मोटरसाईकल नो पार्किङमा रोक्नै नदिने र ग्राहकहरुको बाईक कुनै अज्रेन्ट काम परेमा थोरै समय रोक्न दिने भएपछी आन्दोलन फिर्ता लिइएको उहाँले बताउनुभयो । आज हेटौंडाका ब्याबसायीहरु संग पसलको चाबी संकलन गरेको मकवानपुर उद्योग बाणिज्यसंघले भोली उपमहानगरपालिकामा चाबि हस्तान्तरण गर्ने भनिएको थियो । तर आज धेरै ब्याबसायहिरुले किन चाबि दिने भनेर नदिएको र चाबि संकलनको बिरोध समेत गरिएकाले उद्योग बाणिज्यस आफ्नो आन्दोलनबाट पछाडी हटेको हो ।
भोलीबाट आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमती सहित मकवानपुर उद्योग बाणिज्यसंघको टोलि फर्किको मेयर महतले बताउनुभयो । यता मकवानपुर उद्योग बाणिज्यसंघका कार्यबाहक अध्यक्ष माधब न्यौपानेले भने आफ्ना मोटरसाईकल उपमहानगरपालिकाले तोकिएको स्थानमानै रोक्ने र ग्राहकको मोटरसाईकल केही समय मात्र भनेपनि पार्किङ गर्न दिने मौखिक सहमती भएकाले आन्दोलन फिर्ता लिन लागिएको बताउनुभयो ।