एसइइ परीक्षा शुरु,मकवानपुरबाट ६ हजार बढी सहभागी

गुगलपाटी संवाददाता मकवानपुर
८ चैत्र २०७४ ०६:२४

आजदेखि सुरु भएको एसईई परीक्षामा मकवानपुर जिल्लाबाट ६ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमिततर्फ प्राविधिक र साधारण गरी ६ हजार १ सय ७२ जना र एक्जाम्टेडतर्फ १ सय २४ जना विद्यार्थीले परिक्षा दिँदै छन् ।एसईईका लागि १ सय ८० जना विद्यार्थी परीक्षा दिन अयोग्य रहेको शिक्षा कार्यालयले जनाएको छ । परिक्षा दिने विद्यार्थीहरु अघिल्लो वर्षको तुलनामा यसवर्ष १२ प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।तल्लो तहमा कम विद्यार्थी हुनु, विद्यालयले लिने टेष्टमा फेल हुनु, पढाई छाड्नु जस्ता विविध कारणले यसवर्ष एसईई परीक्षा दिने विद्यार्थी संख्या घटेको शिक्षा कार्यालयले जनाएको छ । आज बिहान ८ बजेबाट एसईई सुरु भएको हो ।यसवर्षदेखि मावि तहका स्थायी शिक्षकलाई केन्द्राध्यक्ष तोकिने ब्यवस्थालाई हटाएर केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । जिल्लामा मावि तहका शिक्षक दरबन्दी कम भएकाले प्रावि तह र अस्थायी शिक्षकलाई अवसर हुनेगरि केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको हो । मकवानपुर जिल्लामा २४ वटा केन्द्र रहेका छन् ।देशभर भने करिब ४ लाख बिद्यार्थी यो परीक्षामा सहभागी भएका छन् । दुई बर्ष अघिसम्म एसएलसीको नाउँबाट परिचित यो परीक्षा प्रर्णाली गत बर्षदेखि भने एसइइको नाउँबाट संचालित छ ।