गाँजा खेती गरे सरकारी सेवा सुविधा नदिने

गुगलपाटी संवाददाता हेटौंडा
२ भाद्र २०७५ ०१:२१

मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।

गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवा सुविधा उपलब्ध गराउने छैन । कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने, गाँजा र अफिम खेती

निरुत्साहित गरी पूर्ण रुपमा विस्थापित गर्न यस्तो निर्णय गरेका हौँ । त्यस्तै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँबाट गाँजा र अफिम खेती विस्थापित गरिने बताए । समाचार अनुसार,

जिल्लाका पश्चिमी क्षेत्रका यी दुई गाउँपालिकामा गाँजा र अफिम उत्पादन अत्याधिक हुन्छ ।
समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।