बाम एकताको रिपोर्ट तयार पार्न माओवादीले तोक्यो इन्चार्ज ।

गुगलपाटी संवाददाता
१२ चैत्र २०७४ ०२:४७

चैत्र १२
हेटौडा/मकवानपुर
माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न चैत १५ गते बिहीबारका लागि सचिवालय वैठक बोलाएको छ ।

बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न माओवादी श्रोतले बताएको छ । पार्टी एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य गर्न लागिसकेका छन् ।

आन्तरिक गृहकार्यकै लागि गस अघि शनिबार पूर्व हेडक्वार्टर सदस्यको बैठक बोलाएर प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो ।

सचिवालय बैठकमा इन्चार्जहरूले प्रदेश, जिल्ला क्षेत्र र गाउँसम्मको पार्टीको वैचारिक संगठनिक विषयमा रिपोर्ट पेस गर्नेछन् ।, आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।