गाई काट्ने बिषयको चर्चाःएक कदमपछि हटिन् उपसभामुख तामाङ (बिज्ञप्ती सहित)
गुगलपाटी संवाददाता मकवानपुरप्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले केही दिनअघि नेपाल तामाङ घेदुङले मकवानपुरको पदमपोखरीमा भएको गाई काण्डका बारेमा गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको सन्दर्भमा आफ्नो नाम जोडेर गरिएको गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेकी छिन् ।
उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गाई काण्डका बारेमा नेपाल तामाङ घेदुङको माग पत्रमा स्पष्ट रुपमा लेखिएको कुरालाई समेत बङ्ग्याएर केही अनलाइन मिडियाले नियोजित रुपमै पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर आफु विरुद्ध प्रचार गरेको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।