सरकारले गरेको सार्वजनिक खरिद नियमावल संशोधनले साना लगानीका निर्माण व्यवसायी मारमा परेको भन्दै देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । सार्वजनिक खरिद नियमावलीमा भएको छैठौं संशोधनले सार्वजनिक खरिद क्षेत्रलाई धराशायी बनाउने र निर्माण व्यवसायी पलायन हुने अवस्था आउने भन्दै निर्माण व्यवसायी आन्दोलित भएका हुन् । निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार...बाँकी
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । ‘मिटर र प्रिन्टर मेशिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ,’ उनले भने । विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन...बाँकी
सरकारले सातै प्रदेशमा औद्योगिक क्षेत्र खोल्ने प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले १० वर्षमा १० लाखलाई रोजगारी दिने गरी औद्योगिक क्षेत्रको काम विस्तार भइरहेको जानकारी दिइन्। ‘ठूलो सङ्ख्यामा रोजगारी श्रृजना गर्ने प्रमुख माध्यम औद्योगिक क्षेत्र हो, त्यही लक्ष्य राखेर प्रदेशगत औद्योगिक क्षेत्रको काम भइरहेको...बाँकी
व्यवसायी अजेयराज सुमार्गीले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ राजस्व छलेको पाइएको छ। एनसेलको सेयर खरिद-बिक्रीमा सुमार्गीले आफ्नो कम्पनी ‘हेल्लो नेपाल’ ब्राण्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’को लाभकर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले पत्र लेखेको छ। पटकपटक कर तिर्न ताकेता गर्दा अस्वीकार गरेपछि सुमार्गीको नाममा राजस्व कार्यालयले...बाँकी
बेलायतमा निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल (कचौरा) ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ । सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड ९२८ सय रुपैयाँ० मा एउटा कचौरा किनेका थिए । त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड ९५७ लाखभन्दा बढी रुपैयाँ० मा पाए । चार...बाँकी
कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ मलेसिया टोलमा शुक्रबार बिहान विद्युत सट भएर आगलागी हुदा २ हजार ३ सय बोईलर कुखुरा जलेर नष्ट भएका छन् । स्थानीय लाल बहादुर धामी का २२ दिने १ हजार २ सय बोइलर र अमर धामी को ११ सय १६ दिने बोइलर कुखुरा मरेका हुन...बाँकी
महोत्तरीको गौशालामा ५२ बिघा जग्गा अतिक्रमण गरिएको छ। गाई संरक्षणका लागि छुट्ट्याइएको खर्बौंको जग्गामा पक्की घर बनेका छन्। जग्गा कब्जा गरेर कम्तीमा ६ वटा गाउँ बसेका छन्। चरण क्षेत्र मासिएको छ। १९८३ मा भारत विहार प्रान्तका दरभंगा महाराजले पन्ध्र सय गाई संरक्षण गर्न भनी दुई सय बिघा चरण क्षेत्र छुट्ट्याएर...बाँकी
खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि चालू खर्चसहित साढे ३२ अर्ब रुपैयाँ बराबरका खानेपानी, सरसफाइ तथा ढलसुधारसम्बन्धी कार्यक्रम अघि बढाउने तयारी गरेको छ। राष्ट्रिय योजना आयोग खानेपानी मन्त्रालयलाई ३२ अर्ब ५७ करोड ४९ लाख रुपैयाँको बजेट सिलिङ पठाएकोमा सोही सिलिङको वरिपरि बसेर बजेट निर्माण प्रक्रिया अघि बढाइएको खानेपानी मन्त्रालयले जनाएको...बाँकी