बजार

सामसुङ मोबाईलको १३ औं सर्भिस सेन्टर हेटौंडामा

विश्व प्रसिद्ध कोरियन ब्रान्ड सामसुङ मोबाईलको कस्टोमर सर्भिस सेन्टर(ग्राहक मर्मत केन्द्र) बिहीबारबाट हेटौंडामा सञ्चालनमा आएको छ । सामसुङ नेपालका प्रबन्ध निर्देशक मिस्टर वानले सेन्टरको उद्घाटन गरेका हुन् । १३ औं सर्भिस सेन्टरको रुपमा हेटौंडामा सञ्चालनमा ल्याईएको सेन्टरबाट तेश्रो लेभलसम्मको सेवा दिईने आईएमएस केयरका सेवा ब्यवस्थापक कुनाल गुरुङले बताए । प्रदेशको...बाँकी

हेटौंडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम

हेटौंडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम सुरु भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) र नेम इन्स्टिच्युटको आयोजनमा सोमबारदेखि तीन महिने तालिम सुरु भएको हो । दक्ष र कुशल एकाउन्टेन्ट उत्पादन गर्ने उदेश्यले सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागि रहेको सिआईटीका प्रबन्ध निर्देशक दिनेश रिजालले बताए । तालिममा...बाँकी

उद्दमीहरुलाई प्राविधिक मेशिन औजार बितरण

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले आज एक कार्यक्रमको आयोजना गरी उद्दमीहरुलाई प्राविधिक मेशिन औजार वितरण गरेको छ । नेपाल सरकारको ८० प्रतिशत र सहभागी उद्दमीको २० प्रतिशत लागत सहभागितामा प्राविधिक सामग्री वितरण गरिएको हो । जिल्लाका करीब ३० जना विभिन्न व्यवसाय गरिरहेका उद्दमीहरुलाई सामग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख चन्दन...बाँकी

माउन्टेन डिउ उत्पादक बिरुद्ध सरकार अदालतमा

माउन्टेन डिउ उत्पादक कम्पनी बरुण वेभरेज प्रा.लि. बिरुद्ध घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरमा मुद्धा दायर गरेको छ । काठमाण्डौं कोटेश्वरमा रहेको उक्त उद्योगको उत्पादन मान्टेन डिउको बोतल भित्र अखाद्य वस्तु भेटिएपछि कार्यालयले अखाद्य बस्तु उत्पादन तथा बिक्री गरेको भन्दै अदालतमा मंगलबार मुद्धा दायर गरिएको हो ।...बाँकी

हेटौडामा कृषिउपज थोकबजार निर्माणको लागि गुरुयोजना निर्माण हुने

मकवानपुर÷१९ चैत्र हेटौडामा कृषिउपज थोकबजार निर्माणको लागि गुरुयोजना निर्माण हुने भएको छ। मकवापनुरका कृषकले कृषि उत्पादनको बजार र उचित मुल्य नपाउने समस्यालाई समाधान गर्नपनि हेटौडामा थोकबजार आवस्यक देखिएको हो । २०७० सालदेखिनै ब्यवस्थित थोक बजार निर्माको लागि समिति निर्माण गरेर जग्गाको समेत निर्माण भएपनि हालसम्म पनि बजार निर्माणको तयारी अगाडि...बाँकी

क्रसर उद्योग खोला छिर्न नपाउने

क्रसर उद्योगहरुले विकास आयोजनाको नाममा मकवानपुरका बिभिन्न खोलामा जारी राखेको अबैध उत्खनन् बन्द हुने भएको छ । जिल्ला समन्वय समितिमा सोमबार भएको सर्बपक्षीय बैठकले एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्ने काम मंगलबारदेखि बन्द गर्ने निर्णय गरेको हो । जिसस मकवानपुरका सभापति रघुनाथ खुलालले नदी उत्खनन्मा ब्यापक जनगुनासो आएकाले अध्ययनपछि...बाँकी

निर्माण व्यवसायीको गुनासो

 समाजले हामीलाई ठग भन्ने गरेका छन्, बेइमान भन्दै घृणा गर्ने गर्छन, यस स्थितिको जिम्मेवार को ? यो प्रश्न हो निर्माण व्यवसायीको । जनकपुरधाममा शनिबार आयोजित धनुषा निर्माण व्यवसायी संघको १५औँ साधारण सभामा यो प्रश्न गर्दै ठेकेदारहरुले आफूलाई ठगेदार भनी उपेक्षाभावको शिकार हुनु परिरहेको गुनासो गरेका छन् । ठेक्का स्वीकृत सम्झौता...बाँकी

उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल विजयी

हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल भएका छन् । प्रतिद्वन्द्वी महेन्द्र राउतलाई १ सय ८८ मतले पछि पार्दै कट्वालले विजयी भएका हुन् । कटुवाल १ हजार २६ मत प्राप्त गर्दा राउतले ८ सय ३८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष कट्वालले व्यवसायीक हितमा काम गर्ने प्रतिबद्धता...बाँकी