रोजगार

नेपाली दूतावास साउदीले गर्यो समस्यामा परेकी एक महिलाको उद्धार

 नेपाली दूतावास साउदीले समस्यामा परेकी एक महिलाको उद्धार गरी नेपाल पठाएको छ । ९ महिनाअघि जुलाई २०१८ मा घरेलु काममा साउदी गएकी बर्दियाकी कमला सुवेदीलाई उद्धार गरी दूतावासले नेपाल फर्काएको हो । कमलालाई कुवेतमा काम लगाइदिने भन्दै नेपालबाट लगेको भए पनि साउदीमा गैरकानुनी रुपमा राखेर काममा लगाइएको दूतावासले जनाएको छ...बाँकी

सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजार नेपाली कामदार

सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजार हाराहारी नेपाली कामदार रहेका छन् । अवैध बाटो हुँदै इराक पुगेका नेपाली कामदारले अनेक खाले समस्या झेल्नुपरेको त्यहाँस्थित नेपाली कामदारका संगठनहरूले जनाएका छन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको उनीहरूले बताएका छन् । प्रतिबन्ध लगाइए पनि हजारौं नेपाली महिला मानव तस्करको भर...बाँकी

राष्ट्रिय अनुसन्धान विभागमा ५२ जनालाई जागिरको अवसर

राष्ट्रिय अनुसन्धान विभागले अधिकृत र सहायक स्तरमा गरेर ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । विभागले ३० जना अधिकृत स्तरका र २२ जना सहायक स्तरका कर्मचारीको लागि आजदेखि विज्ञापन खुला गरेको छ। विभागले आजको मितिदेखि ३० दिनसम्म आवेदन खुल्ला गर्नेछ। अधिकृतस्तरका लागि न्यूनतम स्नातक गरेको हुनु पर्नेछ भने...बाँकी

वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परिन थापा

वर्किङ भन्दै भिजिट भिसामा मानिसलाई झुक्याएर वैदेशिक रोजगारीका लागि पठाएको आरोपमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालका अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई वर्किङ भिसामा पठाउने भनेर झुक्याएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न भएको...बाँकी

यस्ता कामदार अब जान पाउँछन् जापान

काठमाडौं- नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे। समझदारी अनुसार सन् २०१९ को अप्रिल १ देखि जापानले १४ वटा कार्यक्षेत्रहरु, कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य...बाँकी

नेपाली कामदार लैजान जापानसँग आज सम्झौता हुँदै

काठमाडौँ — जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ को नाम दिइएको छ । जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी...बाँकी

इपिएस भाषा परीक्षाको फर्म खुल्यो, यसरी भर्न सकिन्छ (भिडियोसहित)

काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन आजदेखि खुलेको छ । भाषा परीक्षाका लागि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी...बाँकी

कोरियन भाषा परीक्षाको लागि चैत ८ गतेदेखि आवेदन खुल्ने, यसरी भर्नुहोस् अनलाइन आवेदन

काठमाण्डौ – कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।  शाखाले सूचना निकालेर आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम...बाँकी