करिब साढे दुईसय वर्षअघि गोर्खाली र अंग्रेज फौजबीच युद्ध हुँदा अंग्रेज फौजलाई पराजित गरी इतिहास रचेको स्थान मकवानपुर गढी किल्लामा पछिल्लो समय पर्यटकको आकर्षण बढ्न थालेको छ । घुमफिर, अनुसन्धान तथा वनभोज खान आउनेहरुको संख्या वृद्धि भएसँगै गढी दरबार रहेको डाँडामा भीड लाग्ने गरेको छ । अन्य दिनभन्दा शनिबारको दिन...बाँकी
पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत...बाँकी
प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो । पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा...बाँकी
वरिपरि हरियाली, छेवैँमा छ दरमखोला, सँगसँगै रहेको छ अग्लो पहाडबाट छङ्छङ् झरेको झरना । जिल्लाको ताराखोला गाउँपालिका–१ मा रहेको गाईघाटको झरनास्थल पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । केही वर्ष अघिसम्म चर्चामा नआएको गाईघाट...बाँकी
हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज मकवानपुरको थाहा नगरमा शनिबारबाट सुरु भएको थाहा महोत्सवको समाचारलाई पहिलो प्राथमिकतामा छापेका छन् । त्यस्तै कुलेखानी तेस्रो जलविद्युत् आयोजना ११ वर्ष पछि पूरा हुँदै, सही काममा घुँडा नटेक्ने हेटौंडा उपमहानगरपालिकाको मेयरको भनाइ, बागमती गाउँपालिकामा गाउँ शिक्षा परामर्शसभा, फरार प्रतिवादी पक्राउ, माछा प्लान पर्यटकीय क्षेत्रलगायतका समाचारलाई...बाँकी
हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । सरकारविरुद्ध महिला र विद्यार्थीको हेटौंडामा प्रदर्शन, गाँजा खेती नष्ट गर्न घरघरमा पम्प्लेट वितरणm सम्पदा जोगाउन बजेट विनियोजन, हेटौंडामा तयार भयो बहुद्देश्यीय कभर्ड हल, मझुवा खानी सञ्चालनमालगायतका समाचारलाई आजका दैनिक पत्रिकाले प्रमुखताका साथ छापेका छन् ।...बाँकी
प्रदेश नम्बर एकका युवा उद्यमी तथा व्यवसायीहरुले प्रदेश तीन अन्तर्गत मकवानपुरका उद्यमी तथा ब्यवसायीहरुसँग भेटघाट र उद्यम अवलोकन गरेका छन् । प्रदेश एकको ताप्लेजुङ, पाँचथर, तेह्रथुम र सुनसरीका युवा उद्यमीहरुले मकवानपुरका युवा उद्यमीहरुले सञ्चालन गरेका उद्यमको अवलोकन तथा अनुभव साटासाट गरेका हुन् । राष्ट्रिय युवा परिषदको युवा उद्यम अनुभव आदनप्रदान...बाँकी
काठमाडौं/पुरातत्व विभागको मापदण्डमा रहेर रानीपोखरी निर्माण गर्न सरकारले काठमाण्डौं महानगरपालिकालाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी पुनःनिर्माणमो देखिएको विवाद समाधानका यस्तो निर्देेशन दिएको हो । ‘पुरातत्व विभागको मापदण्ड बमोजिम नै निर्माण गर्ने निर्णय गरेको छ’,अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘ रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व...बाँकी