ब्लग

दोहामा नेपथ्यको मञ्चमा इद र जनैपूर्णिमा

दोहाको आकाशमा जसै बाह्रौ दिनको चन्द्रमा देखियो, मञ्चको चम्किलो विशाल पर्दामा घडीको दृश्यसहित नेपथ्य प्रस्तुतीको संकेत सुरु भयो । मुस्लिम धर्मावलम्बीहरुको पात्रोअनुसार अन्तिम महिनाको एघारौं र बाह्रौ दिन वलिदानको पर्व मनाइने गरिन्छ । यस दिनलाई मुसलमान धर्म मान्ने विश्वभरका मानिसहरुले पवित्र ‘इद अल अदा’का रुपमा हर्षोल्लासपूर्वक मनाउने गर्छन् । ‘इद...बाँकी

अत्याधिक गर्मीका कारण एक हप्तामा ४०० जनाको मृत्यु

युरोपमा लू चलेका कारण तापक्रम कीर्तिमान रूपमा भंग भएको छ । नेदरल्यान्ड्समा मात्र एक हप्तामा ४०० जना मारिएको आधिकारिक आँकडाले देखाएका छन् । नेदरल्यान्ड्सको राष्ट्रिय तथ्यांक विभागले जुलाई २२ बाट शुरू भएको सातामा दुई हजार नौ सय ६४ मानिस मारिएको जनाएको छ । युरोपभरि तापक्रम बढेकोले कीर्तिमान भंग भइरहेको छ...बाँकी

लोकसेवाको विज्ञापन विरुद्ध उत्रिएका प्रर्दशनकारीसँग प्रहरीको झडप

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा रहेका आदिवासी जनजातीको समूहमाथि प्रहरीले बल प्रयोग गरेको छ। काठमाडौं भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। त्यसरी निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना...बाँकी

काश्मीर मामिला: नेपाल बोल्ने कि नबोल्ने ?

जम्मु र काश्मीर राज्यलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० गएको सोमबार खारेज गरिएको छ । त्यहाँका स्थानीय नेतालाई सरकारले नजरबन्दमा राखेको छ र सञ्चार सम्पर्क विच्छेद गरिएको रहेको छ । नेताहरुलाई थुनिएको र सञ्चार सम्पर्क विच्छेद गरिएकोमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्ले बिहीवार आलोचना गरेको छ । दक्षिण एसियाली...बाँकी

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम पक्राउ

पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफलाई पक्राउ गरेको छ। उनी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी हुन्। एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा मरियमलाई पक्राउ गरिएको हो। भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो।...बाँकी

कतै गृहमन्त्रालयबाटै प्रहरीको मानमर्दन भइरहेको त होइन ?

आन्तरिक सुरक्षाको आधिकारिक र महत्वपूर्ण सुरक्षा अङ्ग नेपाल प्रहरी अहिले चेपुवामा परेको छ । शान्ति सुरक्षा र अपराध अनुसन्धानका लागि सुयोग्य साधन बनाउन गठन गरिएको प्रहरी संगठनको अधिकार क्षेत्र कटौती गर्ने र उसका कतिपय जिम्मेवारी सशस्त्र प्रहरी बललाई प्रदान गर्ने जस्ता विषयमा भइरहेको बहसले त्यही देखाइरहेको छ । कुनै पनि...बाँकी

कश्मीर प्रकरणबारे भारतले नेपाललाई जानकारी गरायो

कश्मीरको विशेषाधिकार खोस्ने निर्णयबारे भारतले नेपाल सरकारलाई जानकारी गराएको छ । कश्मीर प्रकरणबाट राजदूत मञ्जिवसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेरै जानकारी दिएका हुन् । दिल्लीस्थित दूतावासलाई पनि भारतले कश्मीर प्रकरणबारे जानकारी दिएको छ । तर, अहिलेसम्म नेपाल सरकारले यसबारे केही प्रतिक्रिया दिएको छैन । एउटा देशले लिएको ठूला निर्णयबारे जानकारी...बाँकी

जम्मु-कश्मीरका सम्बन्धमा भारतको नेपाललाई ब्रिफिङ

भारतले जम्मु(कश्मीरका सम्बन्धमा लिएको पछिल्लो निर्णयको नेपाललाई औपचारिक ‘ब्रिफिङ’ गरेको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा विदेश सचिव विजय शेखर गोखलेले मोदी सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका हुन् । ‘उहाँले जम्मु(कश्मीरका निणर्यबारे भारतको धारणा राख्नु भयो,’ राजदूत आचार्यले कान्तिपुरसँग भने। राजदूत आचार्यले गोखलेसँगको...बाँकी