शिक्षा

पुर्णीमालाई शैक्षिक सामाग्री

शंखर ज्योती निवावीमा अध्ययनरत छात्रा पूर्णिमा बिकलाई शैक्षिक सामाग्री सहयोग उपलब्ध भएको छ । उनलाई हेटौडाका युवा व्यवसायी बुद्धराज अर्यालले १ बर्षलाई पुग्ने शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् । कक्षाकै उत्कृष्ठ विद्यार्थी भएको भन्दै उनलाई अर्यालले सहयोग उपलब्ध गराएका हुन् । अर्यालले विद्यालय प्राङ्गण हेटौंडा ११ मै पुगेर शैक्षिक सामाग्री...बाँकी

अब शिक्षकलाई विद्यालय अवधिभर मोबाइल फोन निषेध

 निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भए पनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ । सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै...बाँकी

हेटौंडामा मिस एसईई आईकन अडिसन हुने

हेटौंडामा मिस एसईई आईकन अडिसन हुने भएको छ । एक्सपोज नेपाल डटकमको आयोजनामा भोली बैशाख ११ बाट १२ गतेसम्म हेटौँडामा मिस एसइइ आइकनको अडिसन हेटौँडाको नारायणी महलमा हुने भएको छ । अडिसनमा कम्तिमा १५ जनालाई फाईनल राउण्डको लागि काठमाण्डौँमा लगिने कार्यक्रम संयोजक प्रकृति खतिवडाले बताएकी छिन् । हेटौँडाको न्युज क्लब...बाँकी

सैनिक विद्यालयका प्रधानाध्यापक सहित ३ जना बर्खास्त

नेपाली सेनाले बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरेको छ । विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा पदमुक्त गरेको हो । २०७६ सालको शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालन भएको लिखित परीक्षामा परीक्षा प्रणालीको मर्म र...बाँकी

बिपन्न विद्यार्थीलाई गाउँपालिकाले निशुल्क पढाउने

मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकाले बिपन्न अभिभावककका छोराछोरीलाई निशुल्क पढाउने भएको छ । गाउँ शिक्षा समितिको आज बसेको बैठकले आफुले पढाउन नसक्ने जानकारी गराएमा त्यस्ता अभिभावकका छोरा छोरीलाई गाउँपालिकाले पढाईदिने निर्णय गरेको हो । ‘गाउँपालिका भित्र आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेको अवस्थामा गाउँपालिकाले अभिभावकत्व लिई निशुल्क पठनपाठन व्यवस्था मिलाउने...बाँकी

मेडिकल कलेजमा ठगी विलम्ब शुल्कमा चर्को ब्याज

काठमाडौँ — काठमाडौं विश्वविद्यालय केयू ले एमबीबीएसलगायत चिकित्सा शिक्षा विषय पढ्ने विद्यार्थीसँग विलम्ब शुल्कमै चर्को ब्याज उठाउने गरेको छ । ब्याजसहित विलम्ब शुल्क नतिरे केयूले इन्टर्नसिपमा फेल गराइदिने गरेको विद्यार्थीको गुनासो छ । ‘तोकेको शुल्क समयमा नबुझाए लेट फी लिइन्छ,’ केयूको मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘लेट फीमा पनि दैनिक ब्याज...बाँकी

स्कुलमा पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

मुगु — आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यमिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम...बाँकी

मकवानपुरका विद्यार्थीहरु गरे सिट्ठी आन्दोलन

मकवानपुर हेटौंडा क्यम्पसका विद्यार्थीहरु सिटी बजाउँदै आन्दोलनमा उत्रेका छन् । सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णयको कार्यान्वयन गर्न माग गर्दै मकवानपुरका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । मकवानपुरका मझौला यातायातसहित अन्य सार्वजनिक संस्थाहरुले निर्णय कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले सडकमा सिट्ठी आन्दोलन सुरु गरेका हुन् । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस र...बाँकी