नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को नवनिर्वाचित समितिलाई सम्मान गरिएको छ । हेटौंडामा रहेको सोलिड्यारिटी एकेडेमीले हालै निर्वाचित भएको पत्रकार महासंघको टोलीलाई सम्मान गरेको हो । कार्यक्रममा अध्यक्ष प्रताप बिष्ट सहित उपाध्यक्ष नानीमाया कार्की,महासचिव कृष्णसारु मगर सहित सदस्यहरुलाई बिदालयका अध्यक्ष ऋषिराम आचार्यले सम्मान गरेका हुन् । बिद्यालयमा हाल करिब...बाँकी
नेपाल शिक्षक महासंघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी आज विद्यालय शिक्षालाई तीनै तहको सरकारको संयुक्त कार्यसूचीमा राख्नुपर्ने लगायत २३ बुँदे ज्ञापनपत्र बुझाएको छ । विद्यालय तहलाई स्थानीय तहको मात्र अधिकार सूचीमा राख्दा गुणस्तर, लगानी र शिक्षक व्यवस्थापनका सम्बन्धमा प्रभावकारी समन्वय नहुने जनाउँदै महासंघले सो ज्ञापनपत्र दिएको हो । संविधानतः विद्यालय तह...बाँकी
सरकारले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने र सबैलाई सामुदायिक विद्यालयमा नै पढाउने योजना ल्याईरहेको समयमै मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को बाल जागृति युवा बर्ष माध्यमिक विद्यालयको शैक्षिक अवस्थाले सरकारलाई नै चुनौति दिईरहेको छ । यस विद्यालयका अभिभावकहरुले हामीलाई विद्यालयको शैक्षिक विषयमा गुनासो गरेपछि हाम्रा मकवानपुर स्थीत टिभी जर्नलिष्ट देवराज...बाँकी
शिशुकक्षा देखि १२ सम्म विद्यालय संरचनामा रुपान्तरण भएसंगै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन शिक्षा, मानविकी लगायत समूहका अलगअलग पाठ्यक्रम नहुने भएको छ । विद्यालय तहमा जसरी पढाइ हुन्छ, कक्षा १२ सम्म पनि सोही अनुसार एकल पथीय ९सिंगल ट्रयाक का रुपमा जाने भएको छ । नीतिगत निर्णय भए पनि...बाँकी
निजी विद्यालयले गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ । आज भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलाई विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता गर्न गराउन माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियू, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र...बाँकी
वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा शुल्क वृद्धि गरिएको विरोधमा प्रदर्शन गरिएको छ । अस्पताल विकास सहयोग अभियानको आहृवानमा अस्पताल अगाडि १ घण्टा विरोध प्रदर्शन गरिएको हो ।गरीबहरुले उपचार गर्ने अस्पतालमा चर्को शुल्क वृद्धि गरेर निजी अस्पतालको भन्दा महंगो सेवा बनाएको भन्दै वीरगन्जका युवा तथा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिनुभएको हो । विद्यालय शुल्क तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई...बाँकी
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम...बाँकी