कारोना भाइरस संक्रमणको कारण मकवानपुरका थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपािलका वडा नंबर ७ न्युरेनीका ७८ वषीय वृद्ध रहेका छन् । उनको आज बिहान चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई स्वासप्रवासको समस्या तथा निमोनिया समेत देखिएको भरतपुर अस्पताले जनाएको छ । यो संगै...बाँकी
सूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही भूभागबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै बिहीबारदेखि मुलुकका केही भागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो । त्यस्तै हाल बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले नेपालका बाँकी...बाँकी
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित देखिएका हुन् । २४ घन्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् । स्रोतः कान्तिपुरबाँकी
कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ । दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्जमा उपचाररत सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु भएको हो । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर...बाँकी
पछिल्लो २४ घन्टामा बिहीबार थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ७९ हजार ७२८ संक्रमितको संख्या पुगेको जनाए । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या...बाँकी
वीरगन्ज — प्रहरी निरीक्षक९इन्सपेक्टर० को बर्दी लगाएर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसमा प्रहरीले बुधबार मध्यान्ह छापा मारी इन्सपेक्टरको बर्दी लगाएका बारा...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या साढे २९ हजार नाघेको छ । प्रदेशमा बुधबार थप १ हजार ४६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २९ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ५४५ जना पुगेको छ ।...बाँकी
मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ हजार ४ सय २४ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कोभिड–१९ डा. पुरुषोत्तम राज सेढाईका अनुसार, जिल्लामा बुधबार एकैदिन थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४ सय २४ जना पुगेको हो ।...बाँकी