हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म २१ हजार ६ सय ५१ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय मकवानपुर...बाँकी
मकवानपुर उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा बाँदर धपाउने यन्त्र वितरण सुरु गरेको छ । नगरपालिकाले प्रतिगोटा दुई हजार ५ सयका दरले खरिद गरी उक्त यन्त्र वितरण गरेको हो । ‘बाँदर भगाउने बन्दुक’ भनेर परिचित यो यन्त्र नगरपालिका राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुरबाट खरिद गरेको हो ।...बाँकी
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो । साँझ ९९.८ डिग्री मात्रै रहेको ज्वरो राति १ सय २ पुगेको उनले बताए । सचिव तिवारीका अनुसार कोइरालाले घरमै आइसोलेसनमा बस्ने जानकारी दिएका छन् । ‘केही समस्या परे अस्पताल जाने नभए होम आइसोलेसनमै बस्ने बताउनुभएको छ,’...बाँकी
पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४८ हजार १३८ संक्रमितको संख्या पुगेको जनाए । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २...बाँकी
हेटौंडाः मेलानका केन्द्रिय सचिवालय सदस्य तथा अखिल नेपाल प्रगतिशील जनस्वास्थकर्मी महासंघका केन्द्रिय सदस्य उत्सब चौलागाईंले अस्पतालबाट डिस्चार्ज हुन नसकेका बिरामीलाई अस्पतालमै पुगेर नगद १० हजार सहयोग गरेको छ । अस्पतालका सर्जन डा. प्रदेश सापकोटा , रामचन्द्र सापकोटा र बिकास थापाले बिरामीलाई आबश्यक सहयोग र उपचारमा छुट दिएको छ । देखावटी...बाँकी
हेटौंडाः मकवानपुर जिल्लाबाट यस वर्ष एस.इ.इ. परीक्षा दिने विद्यार्थीको संख्या ६२ सय १८ जना रहेका थिए । जसमा पढ्न योग्य भएका विद्यार्थीहरु सबै विद्यालयले पास गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार परीक्षा दिनेमा २९ सय ३२ जना छात्र र ३२ सय ८६ जना छात्रा रहेको थिए...बाँकी
हेटौंडाः राक्सिराङ् गाउँपालिका २ सुनारीसौरामा ३ जना गोठ क्वारेन्टाइनमा बसिरहेका छन् । तिनै जना बािलका हुन् । ११÷१२ वर्षका छोरीहरु भएकाले गोठमा राख्दा अभिभावक चिन्तित देखिन्छ । उनिहरु हेटौंडाबाट गाउँमा गएकाले गाउँका मानिसहरुले घरमा आउन निषेधाज्ञा गरेका हुन् । उनिहरु दिदीको कोठामा हेटौंडा बस्थे । खानेकुराको अभाव भएका कारण गाउँमा...बाँकी
कपिलवस्तु — कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका...बाँकी