यात्रा

स्थानीय पत्रपत्रिकाः थाहा महोत्सवमा अष्ट्रिज र उँटको नाँच, दशैं लागेसँगै ठगिन थाले यात्रु

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले मकवानपुरको थाहा नगरपालिकामा हुन लागेको थाहा महोत्सवमा अष्ट्रिच र उँटको नृत्य हेर्न पाइने समाचार छापेको छ । आगामी कात्तिक १० गतेदेखि १८ गतेसम्म हुन लागेको महोत्सवमा तालिम प्राप्त अष्ट्रिच र उँटले गीत...बाँकी

स्थानीय पत्रपत्रिकाः चाडबाड लाग्यो ठगिनुहोला, यात्रामा ठगिए तुरुन्त उजुर गर्नूस्

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई मुख्य समाचार बनाएर छापेको छ । आजका पत्रिकाहरुले महिला उद्यमी संघ मकवानपुर गठन, प्रेस युनियनको अध्यक्षमा अधिकारी, उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढेको र हेटौंडामा भेटिने गरेको, प्रदेश सभा असोज १९ गते बस्नेलगायतका समाचार प्राथमिकताका साथ छापेका छन् । यात्रामा ठगिए तुरुन्त उजुर...बाँकी

दसैँको मुखमा सरकारले बढायो गाडीभाडा, कुन स्थानमा जान कति भाडा ?

सरकारले यातायात व्यवासायीसँग सौदाबाजी गरेर दसैँको सवारीसाधनमा ९० प्रतिशत भाडा बढाएको छ । सरकारले आफैँले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो । सरकारले केही महिनाअघि सिन्डिकेट अन्त्य भएको घोषणा गरी यातायात समितिहरु खारेज भएको जनाएको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले...बाँकी

८ घण्टादेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आधा दर्जनभन्दा बढी पहिरो

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अबरुद्ध भएको छ। ठाउँ–ठाउँमा पहिरो खसेको कारण विगत ८ घण्टादेखि सडक अबरुद्ध भएको हो। पहिरोको कारण राती ११ बजेदेखि सडक पूर्ण रुपमा अबरुद्ध छ। सडक खण्डमा पर्ने चारकिलो, कालीखोला, जलवीरे, घुमाउने, गाइघाट, तोर्पेखोला लगायतका ठाउँमा साना–ठूला गरेर पाँच–सात वटा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक...बाँकी

गाउँपालिकाको सेवा लिन तीन दिन

 अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ । यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयवासीलाई सास्ती भएको हो । पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हँुदै पोखरेबगर पुग्दा गाडीमा...बाँकी

नारायणघाट मुग्लिनको जामःकहिले सकिएला काम ?

नारायणगढ–मुग्लिन सडकखण्डको सडक निर्माण कार्य फेरि लम्बिने भएको छ । सडक सम्पन्न गर्ने मिति पूनः तीन महिना थपिएपछि निर्माण हुन समय लाग्ने भएको हो ।विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन...बाँकी