विविध

सुनको मूल्यमा नयाँ रेकर्ड

 सिजनकै मुखमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो । ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजार निर्धारण गरेका...बाँकी

फेसबुकको डिजिटल मुद्रा रोक्न अमेरिकी सांसदको आग्रह

एक अमेरिकी सांसदले फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना हाललाई रोक्न भनेकी छन्। आगामी वर्षदेखि सुरु गर्ने तयारी गरिएको लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्ने बताइएको छ। तर अमेरिकी संसदको फाइनान्सियल सर्भिसेस् कमिटिकी अध्यक्षले अमेरिकी संसदले सो परियोजना अध्ययन नगरेसम्म फेसबुकले कुर्नुपर्ने बताएकी...बाँकी

अशक्त र मानसिक समस्या भएका नागरिकको अब निःशुल्क उपचार गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । निर्णयसँगै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मानसिक स्वास्थ्य शाखाको नेतृत्वमा यो कार्यक्रम संचानल हुने छ । सरकारले यसअघिनै अशक्त, असहाय, बेवारिसे र मानसिक रोगी तथा मनोसामाजिक रोग भएका व्यक्तिहरूको...बाँकी

तपाईंको सुताई कस्तो छ ? हेरेर थाहा पाउनुहोस व्यक्तित्व

धेरैजसो मनोवैज्ञानिकले अचेतन शरीरको भाषाले हाम्रो मानसिक अवस्था र सम्बन्ध बारे जानकारी दिने कुरामा विश्वास गर्छन् । तर सुत्ने बेला हाम्रो शरीरको स्थिती र अवस्थाबाट हामीले के साँच्चै जानकारी पाउन सक्छौं त ? हुन त हामी सधैं एकै तरिकाले सुत्छौं भन्ने हुँदैन । राती जसरी सुतेका छौं, त्यसरी नै उठ्छौं...बाँकी

सरकारको अनुमतीबिना गैरसरकारी संस्थाले कार्यक्रम गर्न नपाउने

सरकारले बिनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन नगर्न गैरसरकारी संस्थाहरूलाई प्रतिबन्ध लगाउने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरूलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिएको हो। सरकारसँग सहकार्य गरेरमात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने उनको...बाँकी

गुठी खबरदारी सभा : जनआन्दोलनको झल्को

काठमाडौँ : सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ । माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् । विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलातर्फ अघि बढ्दा...बाँकी

देउवालाई प्रधानमन्त्रीको कटाक्ष, ‘उहाँलाई संसदीय मर्यादा ख्याल हुनुपर्ने हो’

प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक भनिने नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार देखाएको भन्दै आपत्ति जनाएका छन् । सिंहदबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संसद्‌मा पहिले प्रधानमन्त्री बोल्ने, त्यसपछि प्रमुख विपक्षी दलका नेता बोल्ने संसारभरको संसदीय प्रक्रियाविपरीत कांग्रेसले अमर्यादित क्रियाकलाप गरेको बताए । 'प्रधानमन्त्रीले बोल्ने भनेर पहिले तय भएकोमा कांग्रेसले पहिले बोल्न पाउनुपर्छ...बाँकी

सरकारले गर्यो विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय

सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिइन्। ‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न...बाँकी