ईतिहास : अभियान अर्थात " campaign " शब्द फ्रान्सको " campaine "सव्द सँग सम्बधित छ | जसको अर्थ , खुला राज्य अर्थात भुभाग भन्ने जनाउछ| १६ को दशकमा यो सव्दलाई आर्मिले प्रयोग गरे , त्यतिबेलाका साशक र आर्मिले त्यो खुला राज्य अथवा भुभाग माथि कब्जा जमाउने रणनितीका रुपमा प्रयोग भएको...बाँकी
झापाको कमल गाउँपालिका–२ समयगढमा पाक्न लागेको धानको बोटमा ‘नेक ब्लास्ट’ नामक रोग देखापरेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ३० हेक्टरमा लगाइएको धानको बोटमा केही दिनयता देखापरेको सो रोगले धानखेती सखाप भएको छ भने थप ६० हेक्टर धान खेतीतिर रोग सर्दै गएको छ । रोग देखापरेको खबर...बाँकी
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ प्रधान सम्पादक रहेको ‘जनआस्था’ साप्ताहिकले झुठो समाचार छापेको भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेको छ। जनआस्थाले जेठ ८ गते बुधबारको अंकमा ‘विदेशबाट अपराधीको बाढी’ शीर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रूपमा समाचारमा मुछिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले...बाँकी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन् । देउवासँग पत्नी आरजु राणा पनि गएकी छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन् ।...बाँकी
सोमबार बिहान साढे ११ बजेको थियो । त्रि–पद्म विद्याश्रम मावि पुल्चोक ललितपुरका विद्यार्थीलाई क्रमशः लाइनबाट औषधि खुवाइँर्दै थियो । कोही औषधि खान डराउँदै थिए त कोही मीठो रैछ भन्दै पानीबिना नै औषधि खाइरहेका थिए । विद्यालयका बालबालिकालाई औषधि खुवाउनेमा आफ्नै विद्यालयकी नर्स थिइन् । चिनजानको व्यक्ति नै भएको हुँदा बालबालिकालाई...बाँकी
सुर्खेतबाट जुम्लाका लागि हिँडेको मिनी ट्रक दैलेखमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। डुंगेश्वर गाउँपालिका-१ निगालपानी भएको दुर्घटनामा ट्रक सडकबाट ३०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनास्थलमा ट्रक र शवहरू पूरै जलेको अवस्थामा रहेको हुनाले ट्रक नम्बर र मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इनस्पेक्टर प्रेमबहादुर...बाँकी
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको छ। पार्टीले घोषणा गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत नै विभिन्न ठाउँमा आयोजित कार्यक्रममा तरुण दलले भ्रष्टाचारविरुद्ध अभियान चलाएको छ। शुक्रबार बाँकेको कोहलपुरमा तरुण दलले भण्डाफोर कार्यक्रम गरेको छ। कार्यक्रममा महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्ट रहेको आरोप...बाँकी
प्रदेश ५ कानुन निर्माणमा अन्य प्रदेशभन्दा अगाडि देखिएको छ । गठन भएको १५ महिनाको अवधिलाई सातै प्रदेशले कानुन निर्माणको वर्ष मानेका थिए । तर, यो दौडमा कुनै प्रदेश अगाडि देखिएका छन् भने केही पछाडि । प्रदेशसभा ५ ले १५ महिनाको अवधिमा ३८ विधेयक पारित गरेको छ । प्रदेश सरकार आफैं...बाँकी