पत्र पत्रिकावाट

गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बाैँका जमिन

जनकपुर - हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका...बाँकी

मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो

काठमाडौं - मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ । श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको छ ।...बाँकी

स्थानीय पत्रपत्रिकाः मेयर महतको अपरिपक्व निर्णय, शिलान्यास गरेकै भोलिपल्ट पुरियो तौलपुलको खाल्डो

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतको अदूरदर्शी निर्णय र त्यसको स्थानीयले गरेको विरोधसम्बन्धी प्रसङ्गलाई प्रमुखताका साथ छापेका छन् । हेटौंडा १० स्थित बसपार्कमा तौलपुल निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेको भोलिपल्टै स्थानीयले बिरोध जनाएपछि बसपार्कको बीचमा खनिएको खाल्डो पुरिएको हो ।...बाँकी

प्यारोडी अकाउन्टमाथि निगरानी

काठमाडौँ — सामाजिक सञ्जालमार्फत् जनताका गुनासा र समस्या सुन्दै आइरहेको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारले आफ्नै आधिकारिक ट्वीटर हयान्डलबाट सोमबार एउटा ट्वीट गर्‍यो । नक्कली र प्यारोडी अकाउन्ट खोलेर सामाजिक सञ्जालमा सक्रिय रहेकाप्रति लक्षित ट्वीटमा लेखिएको थियो, ‘सामाजिक सञ्जालमा फेक खाता खोली सामाजिक सौहार्द खलल पार्न खोज्नेलाई आवश्यक कारबाही गर्नका लागि पत्राचार ।’ हेल्लो...बाँकी

प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा

१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । तर, राजस्व...बाँकी

यस्तो छापे हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस् ५ पत्रिकाको पहिलो पृष्ठ)

हेटौंडाका दैनिक पत्रिकाले आज हेटौंडामा कमल थापाले गरेको भाषणलाई प्रमुखताका साथ छापेका छन् । हिन्दु राष्ट्रको मुद्दा उठाउँदै घरदैलो अभियान सुरु गर्न हेटौंडा आएका बेला  ञ्चारकर्मीहरुसँगको भेटमा कमल थापाले वाइडबडी बिमान खरिद काण्डमा सबै दलको संलग्नता भएको भन्दै कारबाहीको माग गरे । यस्तै हिन्दु धर्ममाथि चौतर्फी रुपमा आक्रमण सुरु भएको...बाँकी

प्रहरी बढुवाका लागि चलखेल, प्रधान कार्यलयभन्दा नेताका ढोका कुर्ने बढे

काठमाडौं - लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । गृह मन्त्रालष्ले कानुनी अड्चन फुकेको पत्र प्रहारी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तिव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा...बाँकी

सांसद चौधरी र रौनियार निलम्बित हुने अवस्थामा

काठमाडौं - दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् । कैलाली क्षेत्र नं. १ बाट...बाँकी