पत्र पत्रिकावाट

नेकपा फुटाउने किराँतीको चेतावनी

काठमाडौँ –नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौँ महाधिवेशनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले यस्तो बताएका...बाँकी

सांसदले घरभाडा फिर्ता गरे

काठमाडौं — राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् । अरु माननीय पनि कति तिर्नुपर्ने...बाँकी

स्थानीय पत्रपत्रिकाः अर्कैसँग सल्किएको भन्दै पत्नीको हत्या, छोरीलाई पनि घाँटी निमोठ्ने निष्ठुर बाबुको चर्चा

आफ्नी जीवनसाथी । जीवनभरको एकअर्काको सारथी । सानो घरायसी विवादमै निर्मतापूर्वक हत्या गर्न कुन मनले मान्यो ? कुन आक्रोश उत्पन्न भयो ? त्यसो त पत्नीलाई त झगडा हुँदा हत्या ग¥यो तर, ती बिचरा एक वर्षीषा बालिकाको के दोष ? जसलाई आफ्नै बाबुले बिना दोष घाँटी निमोठेर मारे र खोलामा फालिदिए...बाँकी

भ्रष्टाचारीले भरिए अख्तियारको खोर

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ। यसको क्षमता १८ जनाको हो। तर घुस लिने कर्मचारीका कारण त्यो ‘हाउसफुल’ छ। यहाँ ३३ जना हिसारतमा छन्। विगतको तुलनामा यो संख्या बढी हो। पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ। ‘हिरासतको क्षमता १७–१८...बाँकी

काम शुन्य, सुविधामा मस्त जिसस पदाधिकारी

काठमाडौं – गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । देशभरका ७७ जिसस पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब सुविधा छ। झन्डै झन्डै कामविहीन जिसस पदाधिकारी सुविधामा मस्त छन्।...बाँकी

स्थानीय पत्रपत्रिकाः एकसय ८ बुद्धका मुर्ति बनाउँदै हेटौंडाका व्यवसायी

हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । एकसय ८ बुद्धका मूर्ति स्थापना गर्ने अभियानमा हेटौंडाको व्यवसायी सक्रिय भएकोदेखि विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय हेटौंडासँग प्राधिकरणको विद्युत् चुहावन नियन्त्रण गर्ने कार्यसम्पाद सम्झौता भएको खबर आजका पत्रपत्रिकामा छन् । घरेलु हिंसा बढ्दै गएको समाचार पनि छापिएको छ ।...बाँकी

प्रदेशका ९ अस्पतालको अध्यक्ष तोकियो, हेटौंडा अस्पतालमा पुनः प्रकाश

हेटौंडा–३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफू मातहतमा रहेका ९ वटा जिल्ला अस्पतालमा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको छ । गत कात्तिक ३० गतेको मन्त्रिपरिषद्ले पारित गरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम मन्त्रालयले अध्यक्ष नियुक्त गरेको हो । पारित निर्देशिकामा सामाजिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष...बाँकी

पूर्वलडाकुले बनाए बंकरमाथि चिया बगान

बनेपा — मर्दनसिंह लामा पूर्वलडाकु हुन्। उनी भूमिगत नाम प्रेमले परिचित थिए। माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे।युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन्। अहिले उनी चिया खेती गर्छन्। काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा। द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो। धेरै पटक नेपाली राजनीतिलाई प्रभावित...बाँकी