तराई मधेशमा सशस्त्र विद्रोह गर्दै आएको सशस्त्र समूहले सरकारलाई हतियार बुझाउने भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी अविनाश समूहले आज बुधबार सरकारी वार्ता टोली र स्थानीय प्रशासनमा हतियार बुझाउने कार्यक्रम तय भएको छ । जयकृष्ण गोइतबाट बिद्रोह गरेर केही समयअघि बाहिरीएको अविनाश समूहले शान्ति प्रक्रियाका लागि सरकारको आह्वान...बाँकी
सरकारले झन्डै एक बर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन् । यसरी असन्तुष्टि जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन । यसमा पुनरावोलकन हुनुपर्ने उहाँको माग छ । संघीय र...बाँकी
बर्दियाको बासगढी नगरपालिका ७ लक्षमनस्थित पुर्णहिरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए । उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए । विद्यालयको शैक्षिक स्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकसँग सुझाव लिईसकेपछि सांसद गौतमले प्रत्येक कक्षाकोठामा पस्दै विद्यार्थीका समस्या पनि सुने ।...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशको राजधानी पछिल्लो समय अस्तव्यस्त बन्दै गएको समाचार प्रमुखताका साथ छापेको छ । कुनै समय मुलुकै सफा, सुन्दर र व्यवस्थित सहरको पहिचान बनाएको हेटौंडा अहिले अव्यवस्थित सहरको रुपमा चिनिन थालेको छ...बाँकी
खोटाङका स्थानीयले पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मकैको च्याँख्ला, कोदोको पीठो र गुन्द्रुक उपहार दिइएको छ । पाँच दिनका लागि खोटाङ पुगेका नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राईले मकैको च्याँख्ला, श्रीमावि...बाँकी
संसदीय सुनुवाइ विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आइतबारको समिति बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्य र युनाइटेड अरब इमिरेटस (यूएई) का लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत अनुमोदन गरेको हो। संसदीय समितिबाट अनुमोदन भएसँगै चारै...बाँकी
मुगु जिल्लाको कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदै छिन् । यहाँ एउटा गोरु जोत्ने पुरानो चलन छ । थेनसिंह लामा भन्छन्, यो हाम्रो पुर्खादेखिको...बाँकी
इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन् । उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका...बाँकी