तीन नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षलाई कानुन निर्माण वर्ष भनेपनि कानुन निर्माणले गति लिन सकेको छैन । प्रदेश सरकारलाई आवश्यक एकसय कानुन मध्ये हालसम्म ६५ कानुनको मस्यौदा निर्माणको समेत थालनी भएको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतले १९ वटा विधेयक प्रदेशसभाले पारित गरेर...बाँकी
काठमाडौं - साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहित पनि थिए । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ । नेपाल प्रहरीको...बाँकी
कास्की - बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ । सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, 'उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।' हैरान भएका कुरुवाहरुले अस्पतालका...बाँकी
हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई उठान गरेका छन् । आजको साझाकुरा दैनिकले हटौंडा–१४ मयुरधापमा स्थापना हुन लागेको नयाँ औद्योगिक क्षेत्रमा एकसयभन्दा बढी उद्योग स्थापना हुने समाचारलाई प्रमुखताका साथ छापेको छ । मयुरधापमा स्थापना गरेको नयाँ औद्योगिक क्षेत्रभित्र दुईवर्ष भित्रमा नयाँ उद्योग सञ्चालन कार्यको सुरुवात हुने दावी समेत...बाँकी
सहरतिर बसाइँ सर्ने सोचमा हुनुहुन्छ भने अब संघीय राजधानीमै झुम्मिनु पर्दैन । काठमाडौंको भीडभाडबाट उम्कन चाहनेका लागि प्रदेश राजधानी, भौतिक पूर्वाधार, हावापानी, धार्मिक सहिष्णुता र संघीय राजधानी तथा भारतीय सिमानाको समदूरीमा अवस्थित सहर हेटौंडा बसोबासका निम्ति उपयुक्त स्थल बन्दै गइरहेको छ । संघीय राजधानीको निकट रहेको यो सहर मानव बसोबासका लागि आवश्यक आधारभूत...बाँकी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सि (शनिबार) आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ । पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ । नेकपा स्थायी कमिटीका...बाँकी
अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको...बाँकी
काठमाडौं - सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । ‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली...बाँकी