पत्र पत्रिकावाट

स्थानीय पत्रपत्रिकाः कुलेखानी तेस्रोमा दुई अर्ब २० करोड बढी लगानी लाग्ने

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको कामले गती लिन थालेको समाचार छापेको छ । १० वर्षअघिदेखि निर्माणाधीन आयोजनाको काम सक्याउँदा अनुमानभन्दा करिब २ अर्ब २० करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको...बाँकी

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको नयाँ पत्रिकामा समाचार छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन...बाँकी

करमा छुट नदिएको भन्दै दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा

काठमाडौँ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् । मूल्य अभिवृद्धि कर (भ्याट) मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेको आजको नागरिक दैनिकमा खबर छ । कपडा उद्योगलाई मूल्य...बाँकी

प्याराग्लाइडिङको विश्वकप नेपालमा आयोजना गरिने

काठमाडौँ । हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो। पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ। निजी क्षेत्रको प्रयासमा चलिरहेको प्याराग्लाइडिङ खेलले...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी कायम गराउन काठमाडौं छिरे मकवानपुरे सांसद

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसार्न माग गर्दैै मकवानपुरका नेकपाका नेताहरु काठमाडौंमा पुगेको समाचारलाई प्रमुखताका साथ छापेको छ । पार्टीका शीर्ष नेतालाई भेट्न मकवानपुरका जनप्रतिनिधि काठमाडौं पुगेका हुन् । मकवानपुरबाट निर्वाचित...बाँकी

देशभर ७३ हजार शिक्षक अपुग

काठमाडौं - देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग । प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक...बाँकी

प्रदेश ३ ले गर्यो आफूखुसी निर्णय

काठमाडौं - केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ । उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ । केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद बैठकले मकवानपुर र सिन्धुलीमा...बाँकी

स्थानीय पत्रपत्रिकाः हेटौंडामा बालिका बलात्कृत, तीन महिनामा ७ वटा बलात्कारको घटना

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । आजको हेटौंडा सन्देश दैनिकले हेटौंडामा १५ वर्षीया किशोरी बलात्कृत भएको समाचारलाई प्रमुख समाचार बनाएर छापेको छ । होटलमा लगेर एक युवकले बलात्कार गरेको भन्दै १५ वर्षीया एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले एक युवकलाई पक्राउ...बाँकी