पत्र पत्रिकावाट

स्थानीय पत्रपत्रिकाः प्रदेश सभामुखलाई मासिक ७० हजारको सेवा सुविधा, अस्पतालले नै हराइदिन्छन् बिमा कार्ड

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरकफरक बिषयलाई आफ्नो मुख्य समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकमा ३ नम्बर प्रदेशका सभामुखलाई पारिश्रमिकसहित मासिक ७० हजारभन्दा बढी सुविधा दिने प्रस्ताव पारित भएको समाचार पहिलो पृष्ठमा छापेको छ । सभामुखको मासिक पारिश्रमिक ५३ हजार तोकिएको छ । अतिथि सत्कार, सञ्चार सुविधा,...बाँकी

हुँदा हुँदा अब बलात्कारी पनि नक्कली हैट !

बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ । नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन । त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ । अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी । बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ । हुँदाहुँदा...बाँकी

विदेशी स्वार्थमा मुलुकी संहिता !

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ को बैठक चलिरहेका बेला कानुन मन्त्रालयको प्रस्ताव भन्दै एउटा पत्र खोलियो, त्यसमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ मंसिर १८ को निर्णयबमोजिम सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मी संयोजकत्वमा देवानी कानुन सुधार तथा परिमार्जन कार्यदल र न्यायाधीश कल्याण श्रेष्ठ संयोजकत्वमा फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदल गठन गर्ने विषय...बाँकी

सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ...बाँकी

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै !

एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई...बाँकी

स्थानीय पत्रपत्रिकाः ‘सरकारलाई असफल बनाउने षड्यन्त्रले बलात्कार’

आज हेटौंडाबाट प्रकशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई मुख्य समाचार बनाएका छन् । आजको साझाकुरा दैनिकमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक तीज कार्यक्रममा गरेको भाषणसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा छापेको छ । अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले दिनानुदिन बढ्दै गएको बलात्कारको घटना सरकारलाई असफल...बाँकी

प्रदेश ३ को प्रहरी ऐन विवादमा

प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको 'संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी' विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए । 'संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा...बाँकी

कन्चनपुरमा लगातार किन बलात्कार

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको हो ।चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर...बाँकी