पत्र पत्रिकावाट

गोप्य मन्दिर बनाउन किन गुहारिँदै छ विदेशी

हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ । तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेका मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ । जापानको सर्त पूरा भयो भने अबको केही दिनमा जापानीहरु मन्दिरभित्र प्रवेश गर्नेछन् । आगम्छे...बाँकी

काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए

काठमाडौं - बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि...बाँकी

स्थानीय पत्रपत्रिकाः केन्द्र सरकारसँग प्रदेश मन्त्रीको आक्रोश

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरकफरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले केन्द्र सरकारप्रति प्रदेशका मन्त्रीको आक्रोशसम्बन्धी समाचार पहिलो पृष्ठमा छापेको छ । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले केन्द्र सरकारले संविधान मिचेको आरोप लगाएका छन् । शुक्रबार आयोजित एक...बाँकी

सिंहदरबारमा नै एक भएनन् पूर्वएमाले–माओवादी

काठमाडौं - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको तीन महिना बितिसकेको छ । तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन, आजको   नयाँ पत्रिका मा समाचार छ । एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा भेटिँदैनन्...बाँकी

मकवानपुरबाट २२ मेगावाट बिजुली थपिदै

मकवानपुरको भीमफेदी इपापञ्चकन्यामा निर्माणाधीन बाग्मती विद्युत्आयोजनाले आगामी मंसिर अन्तिम साताबाट २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । माण्डु होइड्रोपावर कम्पनी र चिनियाँ सिइच्वाइ हेइच्वाङ कम्पनीको संयुक्त लगानीमा बाग्मतीको पानीबाट विद्यु्त उत्पादन गर्न तीव्र गतिमा काम भइरहेको छ । ‘वर्षाले गर्दा केही समय काम रोकिएको थियो’ आयोजनाका आवासीय इन्जिनियर रत्न...बाँकी

दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्…

सिन्धुलीपाल्चोक — भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको...बाँकी

निर्मला हत्या प्रकरणः प्रहरीले नै प्रमाण मासेको आशंका !

भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् । घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् ।...बाँकी

स्थानीय पत्रपत्रिकाः एकैरात तीन स्थानमा चोरी, बेटी बचाउन साइकल यात्रा

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले बुधबार राती हेटौंडाको विभन्न स्थानमा भएको चोरीको घटनाको समाचारलाई प्राथमिकता दिएका छन् । आजको हेटौंडा सन्देश दैनिकले चाडपर्व नजिकिन थालेसँगै बैंक तथा बित्तीय संस्था लुटिन थालेको समाचार छापेको छ । बुधबार राती हेटौंडा–१० मा रहेका साथीको मनी ट्रान्सफर, हेटौंडा १ नम्बर वडा कार्यालयमा चोरी गरी...बाँकी