पत्र पत्रिकावाट

त्रिविको लापरबाहीः ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित...बाँकी

प्रधानमन्त्री कार्यालयमै आर्थिक अनियमितता

आर्थिक मितव्ययितामा जोड दिइरहेका प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमा आर्थिक अनियमितताको प्रश्न उठेको छ । हेलो सरकारको क्षमता वृद्धिका लागि गत आर्थिक वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो । तर, उक्त खरिद प्रक्रियामा मिलेमतो र अनियमितता भएको भन्दै मन्त्रिपरिषद् कार्यालयले छानबिन गरेको थियो...बाँकी

नेपाली कामदार मलेसिया लैजानेबारे नयाँ सम्झौता नजिक

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाईरहेको छ । श्रम सम्झौता गर्न दुई देशमा अधिकारबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ बर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ, मलेसियाका लागि कार्यवाहक नेपाली...बाँकी

भोक लाग्यो ? काँग्रेसको क्यान्टिन छ नि !

ठुलो दल नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठुलो पार्टीका हैसियतले हदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेत, कार्याकर्ता र शुभेचछुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै धेरै नेता दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरु खाजा खान होस्...बाँकी

कर्मचारी र अधिकार माग्दै बित्यो प्रदेश सरकारको ६ महिना, उपमहानगरले घरको नक्सा निशुल्क बनाइदिने

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेश सरकारको ६ महिनाको कामको मूल्यांकन र हेटौंडा उपमहानगरले घरको नक्सा निशुल्क बनाइदिने घोषणा गरेको प्रशंगलाई प्राथमिकताका साथ छापेका छन् । आजको हेटौंडा सन्देश दैनिकले गोष्ठी र समृद्धिका नारा दिने प्रदेशका मन्त्रीहरुले गोष्ठी र सेमिनारमै रमाएको खबर छापेको छ । ३ नम्बर...बाँकी

राजपाको दोहोरो चरित्र

प्रदेश २ को प्रदेश सभामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरे । राजपा सांसद उपेन्द्र महतो, गौरीनारायण साह र...बाँकी

६२ रुपैयाँमा पेट्रोल किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा

सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ । तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ...बाँकी

तीन तहको सरकारको विवाद मिलाउने निकाय नै छैन

केन्द्र, प्रदेश र स्थानीय सरकारबीच राजस्वको विषयमा विवाद सुरु भइसके पनि समाधानको लागि संविधानले तोकेको संरचनालाई सरकारले बेवास्ता गरेको छ । बरु संविधानले व्यवस्था गरेको संरचनबाहिर गएर सचिवस्तरीय कार्यदल वा समिति बनाउन थालिएको छ । संविधान लागू भएको तीन वर्ष बित्न लागिसक्दा पनि राजस्व वितरण, राजस्व र करलगायत विषयमा सुझाव...बाँकी