भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरका राजमार्गमा रहेका सबै खाल्डाखुल्डी बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको अनुमगनपछि चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुर्न निर्देशन दिइएको बताउनुभएको थियो । वैशाख १५ गतेभित्र सडक विभागअन्तर्गत् पर्ने सबै राजमार्गमा खाल्डाखुल्डी...बाँकी
कर्मचारीको हक हितका नाममा खोलिएका ट्रेड युनियनका कर्मचारी नेताहरू पहुँच र प्रभावको भरमा सधैं कमाउ अड्डमा पदस्थापन हुने गरेका छन्। दलसँग निकट ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनमा आबद्ध अधिकांश पदाधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन्। अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाग, यातायात व्यवस्था...बाँकी
भूकम्प प्रभावितहरुले दोस्रो किस्ता प्राप्त गर्ने सोमबार अन्तिम दिनसम्म मकवानपुरमा जम्मा ६६ प्रतिशतले मात्र दोस्रो किस्ता लिएका छन् । सोमबारसम्म जिल्लाका जम्मा १६ हजार ५६ परिवारले दोस्रो किस्ताको रकम प्राप्त गरेको जिल्ला अनुदान व्यवस्थापन इकाईले जानकारी दिएको छ । जसमा दोस्रो किस्ता भुक्तानीको लागि १६ हजार ५ सय ७ परिवारले...बाँकी
(रासस) : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको...बाँकी
३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी र पदाधिकारीहरुको लागि वैठक भत्ता मात्रै २ करोड ७५ लाख ५० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेशका मन्त्रालाय, प्रदेश सभा सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा हुने कर्मचारी तथा पदाधिकारीहरुको वैठक भत्तामा उक्त रकम खर्च हुने भएको...बाँकी
सरकारले आगामी वर्ष जनता आवास कार्यक्रमअन्तर्गत बजेट नछुट्याउँदा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु भएका मकवानपुरका करिब ५ सय घरहरु अलपत्र हुने देखिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट लोपोन्मुख र अति सीमान्तकृत समुदायका विपन्न वर्गलाई आवासको व्यवस्थाको लागि जनता आवास कार्यक्रम सुरु गरेकोमा आगामी वर्षबाट भने त्यसले निरन्तरता नपाउने भएपछि बनिरहेका...बाँकी
मकवानपुर जिल्ला अदालतमा चार वर्षयता दोब्बर मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७०/०७१ मा जिल्ला अदालतमा ९ सय २० मुद्दा दर्ता भएका थिए । हाल जिल्ला अदालतमा १ हजार ९ सय ६२ मुद्दा दर्ता भएका छन् ।जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्षमा १ हजार १ सय ५१ मुद्दा दर्ता भएका थिए भने...बाँकी
३ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि आज शुक्रबार प्रदेशसभामा आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेशसभामा दिउँसो ३ बजे बजेट वक्तव्य राख्ने कार्यसूची रहेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री ढुङ्गेलले प्रदेशसभामा प्रस्तुत गर्ने बजेटको आकार करिब ३० अर्बको हुनेछ...बाँकी