राजनीति

भारतीय विस्तारवादको विरोध, ५ पक्राउ

भोजपुर : भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, फविन्द्र प्रधान, कमलजंग बस्नेत र...बाँकी

भारतीय हस्तक्षेप विरुद्ध हेटौंडामा प्रदर्शन

हेटौंडाः भारतले नेपालको सुदुरपश्चिमको कालापानी क्षेत्रमा नेपाली भूमी मिचेर सडक बनाएको विरोधमा बागमती प्रदेशको राजधानी हटौंडामा आज विरोध प्रदर्शन गरिएको छ । मंगलबार दिउँसो हेटौंडाका युवाहरुले प्रदर्शन गरेका हुन् । हेटौंडामा सक्रिय रहेको युथ अफ हेटौंडा सहित अन्य सामाजिक संघ संस्थामा आवद्ध रहेका युवाहरुले प्रदर्शन गरेका हुन् । हेटौंडामा संयौको...बाँकी

अख्तियारमा दुई डिएसपीसहित २० प्रहरीको नयाँ दरबन्दी थप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीको दरबन्दी थप भएको छ । दुई डिएसपीसहित २० जना प्रहरीको नयाँ दरबन्दी थप गरिएको हो । दरबन्दी थप गर्ने आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षणको रिपोर्ट मन्त्रिपरिषद्को बैठकले गत साता स्वीकृत गरेको छ । जसअनुसार आयोगमा दुई डिएसपी, १२ इन्स्पेक्टर, दुई सइ, तीन हवल्दार र एक...बाँकी

मिचिएको भूमि फिर्ताका लागि पहल गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उहाँहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गर्नुभयो ।...बाँकी

बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको एक मन्त्रीले बताए । ुयो भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय...बाँकी

सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासअघि प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरु पक्राउ

काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्ने सडक बनाएको विरोधमा मंगलबार पनि प्रदर्शन भइरहेको छ । मंगलबार भारतीय राजदूतावास, लैनचौरनजिकै नेपाली सम्प्रभूताको सम्मानका गरु लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कृष्ण पहाडीलगायत केही मानवअधिकारकर्मीलाई प्रहीले नियन्त्रणमा लिको हो । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ...बाँकी

सरकारले भारतलाई दियो लिपुलेकबारे कूटनीतिक नोट

काठमाडौँ — जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका हुन् । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् । परराष्ट्र स्रोतका अनुसार...बाँकी

सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ । बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन माग गर्नुभएको हो । प्रमुख प्रतिपक्षी नेपाली...बाँकी