राजनीति

नेपाललाई राहत : कोरोना भाइरसको पछिल्लो परीक्षणमा १८ जनाकै रिपोर्ट नेगेटिभ

काठमाडौं : कोरोना भाइरसको आशंकामा देशका विभिन्‍न अस्पतालका आइसोलेसन वार्डमा भर्ना भएका १८ जनालाई नैं संक्रमण नभएको पुष्टि भएको छ। उपत्यका र बाहिरका अस्पतालको आइसोलेसनमा भर्ना भएका १८ जना शंकास्पद बिरामीको नमूना परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। शंकास्पद १८ जना बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ। प्रयोगशालाका सूचना...बाँकी

राष्ट्रपति विद्यालय सुधार कार्यक्रममा चार अर्ब बजेट नौ महिना मौनता, अब तीन महिनामा खर्च गर्ने प्रस्ताव माग

विद्यालय सुधार कार्यक्रमको बजेट सरकारी खातामा, विद्यार्थी खुला आकाशमुनि धुलोमा आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पौने चार अर्ब बजेट भौतिक निर्माणमा खर्च गर्ने गरी विद्यालयलाई बाँड्न लागिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन अर्ब ७३ करोड खर्च गर्नका लागि देशभरका सामुदायिक...बाँकी

सभामुखले भने : एमसिसी छलफलमै छ, पहिले दलहरूले सहमति जुटाऊन्

काठमाडौँः सभामुख अग्‍निप्रसाद सापकोटाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन  (एमसिसी) छलफलका क्रममा रहेको बताएका छन्। सिंदरबारमा मंगलबार पत्रकारसँगको अनौपचारिक भेटघाटका क्रममा एमसिसीबारे पार्टीभित्र छलफल चलिरहेको सापकोटाले बताएका हुन्। ‘एमसिसीबारे अहिले पार्टीभित्र छलफल चलिरहेको छु, उनले भने, ुसबै दलहरुको सहमतिपछि मात्रै सभामुखको जिम्मेवारीमा आउँछ।’ सभामुख सापकोटाले कोभिड–१९ का कारण बहस यतातर्फ...बाँकी

कांग्रेसमा बढ्यो विवाद : जिल्लामै छुट्टिन थाले देउवा र शशांक गुट

काठमाडौं : नवलपरासी (पश्चिम) कांग्रेसका तत्कालीन कार्यबाहक जिल्ला सभापतिलाई हटाएर केन्द्रीय सभापति शेरबहादुर देउवाले आफूनिकटका नेतालाई सभापति बनाएपछि विवाद बढेको छ। जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि विवाद बढेको हो। विवाद बढ्दै गएपछि जिल्ला कार्यसमितिमा निर्वाचितहरूले नै सभापति शेरबहादुर देउवाको प्यानल छोडेका छन्। ‘हामी यो...बाँकी

राक्सिराङमा मिनि ट्रक दुर्घटना, एकको मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ-६ का सुमन थिङ रहेका छन् । गाउँपालिकाको वडा नम्बर ६ शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेको मिनि ट्रक पल्टिएको हो । वडा अध्यक्ष सिंगलालाल प्रजाले दुर्घटनामा एकजनाको मृत्यु भएको पुष्टी गरे । उनले दुर्घटना भएको...बाँकी

सार्क राष्ट्रबीच भिडियो संवाद : सुरुमै ओलीलाई स्वागत गरे मोदीले

काठमाडौं : विश्‍वव्यापी भएको कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीच अहिले संयुक्त भिडियो संवाद भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भइरहेको भिडियो संवादमा सार्क राष्ट्रका आठ देशका कार्यकारी प्रमुख सहभागी छन्। भिडियो संवादको सुरुवात गर्दै भारतीय प्रधानमन्त्री मोदीले भर्खरै मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज...बाँकी

कोरोनाको संक्रमण रोक्ने रणनीति बनाउन मुख्यमन्त्रीहरू काठमाडौंमा

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन्। कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो। ‘कोरोनाको भाइरसको संक्रमण फैलिन कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीज्यूहरू काठमाडौँ आउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने,...बाँकी

कोरोना रोकथामबारे तीन तहका सरकार छलफलमा

काठमाडौँ — कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल हुँदैछ । सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच केहीबेरमा छलफल सुरु हुन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफल गर्न लागेको हो। छलफलमा भाग लिन सातै...बाँकी