राजनीति

फलोअपका लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएर बालुवाटार फर्कंदै । तस्बिर स् स्वरुप आचार्य प्रधानमन्त्री...बाँकी

सार्क देशका उच्च नेतृत्वलाई मोदीको प्रस्ताव : कोरोना भाइरसविरुद्ध मिलेर लडौं

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई प्रस्ताव राखेका छन्। उनले सार्कका सदस्य राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेसिङमार्फत यस क्षेत्रका नागरिकहरुलाई स्वस्थ राख्न उपायहरुबारे छलफल गर्न सकिने प्रस्ताव पनि ट्विटमा उल्लेख गरेका छन्। सार्क सदस्य राष्ट्रहरुले भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन...बाँकी

कोरोना रोक्न नेपालीलाई विदेश जान नदिऊँ, बाहिरबाट आउनेलाई रोकौँ

काठमाडौं : विश्‍वका १२० देशमा पुगिसकेको कोरोना भाइरस रोकथामको फितलो तयारी गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुलाई सरकारमाथि प्रश्‍न उठाएका छन्। प्रतिपक्षी दलका सांसदहरुकै भनाइलाई साथ दिँदै सत्तारुढ सांसदहरुले पनि कोरोना भाइरस ९कोभिड(१९० रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका हुन्। संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल...बाँकी

भारतले नेपालसँगका साना नाका बन्द गर्ने संकेत

नयाँदिल्ली — भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही प्रमुख नाकाहरुबाहेक अन्य नाकाहरु बन्द गर्ने संकेत गरेको छ । बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाइ गर्ने संकेत गरिएको थियो । ‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु...बाँकी

प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीकी मिर्गौलादाता समीक्षा संग्रौला बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । अस्पतालबाट डिस्चार्ज हुनुअघि बुधबारै दिउसो ३ बजे उनले ‘लिभर आईसीयू’ मा गएर ओलीलाई भेटेकी थिइन् । समीक्षाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको...बाँकी

बाँस्कोटाको घरमा विस्फोट : आशंकामा विप्लव समूहका नेता पक्राउ

भक्तपुर : पूर्वसञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेका छन्। उनलाई बम विष्फोट भएको नजिकै ठाउँबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएका...बाँकी

बाँकेका १७ हजार व्यावसायिक फर्म कानुनी मापदण्डबाहिर

बाँके  : नेपालगञ्जमा रहेका वाणिज्य तथा व्यवसायी फर्ममध्ये १७ हजार बढी फर्म अहिले पनि कानूनी मापदण्डभन्दा बाहिर गएका छन्। वाणिज्य कार्यालय नेपालगञ्जअन्तर्गत रहेका ३२ हजार फर्ममध्ये १७ हजार बढी फर्मले नियमित नवीकरणसमेत नगर्दा ती फर्म मापदण्ड बाहिर देखिएका हुन्। कार्यालयले समयमै नवीकरण नगरेका र दर्ता नभएका तीन हजार फर्म खारेज...बाँकी

ओलिको स्वस्थ लाभको लागि दिप प्रज्वलन

सर्लाही: प्रधानमन्त्री केपि शर्मा ओलिको स्वस्थ लाभको कामना गर्दै "Get well soon" मूल नाराका साथ अनेरास्ववियू सर्लाही क्याम्पस कमिटी मलंगवा द्वारा आयोजित दिप प्रज्वलन कार्यक्रम सर्लाही क्याम्पस गेट अगाडि सम्पन्न भएको हो । अनेरास्ववियू सर्लाही को स-संयोजक शमीम बाबु खान, नेता बिबेक जैसवाल, अध्यक्ष रञ्जित महतो, उपाध्यक्ष धर्मेन्द्र यादव, सचिव...बाँकी