राजनीति

नेकपाका अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो । काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिं राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिएको बताए । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ । प्रहरीका...बाँकी

सरकार भ्रष्टचारको दलदलमा : वरिष्ठ नेता पौडेल

हेटौंडाः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित कार्य गरेको बताए । नेपाल प्रेस युनियन मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले भने : सभापति देउवा जि ले पद र पैसा बाढेर नेपाली कांग्रेसको महाधिवेशनलाई प्रभावित पार्ने काम गरेका छन्, जुन...बाँकी

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण नेपालकै सरकारी अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण अब नेपालकै अस्पतालमा गरिने भएको छ। प्रत्यारोपण गर्ने अस्पतालबारे चर्चा भइरहेका बेला ओलीका चिकित्सकहरु यस्तो निचोडमा पुगेका हुन्। अहिलेको अवस्थामा चिकित्सकहरुले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा गर्ने तयारी थालेको स्रोतले बताएको छ। गत कात्तिकदेखि मिर्गौलाले काम गर्न छोडेपछि ओली...बाँकी

नेकपा सचिवालय बैठक : राष्ट्रियसभामा गौतम कि खतिवडा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो। पार्टीभित्र राष्ट्रियसभा सदस्य सिफारिसको विषयले तीव्र विवाद आएपछि समाधानका लागि सचिवालयको बैठक बसेको हो। यसअघिको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेकोे थियो। तर, प्रधामन्त्री केपी शर्मा ओलीले...बाँकी

सर्वोच्चले भन्यो : चार प्रहरी अधिकृतविरुद्ध अवहेलना मुद्दा चलाउनू

काठमाडौंः प्रहरी महानिरीक्षकसहित चारजना प्रहरी अधिकृतविरुद्ध सर्वोच्च अदालतले अदालतको अवहेलनामा मुद्दा चलाउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई थुनामुक्त भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउका घटना बारम्बार दोहोरिएपछि प्रहरी महानिरीक्षक, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे प्रमुख, महानगरीय प्रहरी परिसर टेकु प्रमुख र महानगरीय प्रहरी वृत्त सिंहदरबार प्रमुखविरुद्ध अदालतको अवहेलनामा...बाँकी

‘न्याय बेचिए केही बाँकी रहन्न, अदालतको निर्णय मात्र न्याय होइन’

काठमाडौंः पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन्‌। स्थानीय तह न्यायिक समितिको प्रभावकारी कार्यान्वयन र नीतिगत छलफलमा उनले पूर्वाधार, अनुभव, संरचना र कानून तयार नभइ घोषणा भएको न्यायिक समितिलाई सबल तुल्याउनु सबैको दायित्व भएको बताए। संविधानको धारा २१७ मा...बाँकी

प्रचण्ड भन्छन्ः दुई अध्यक्षबीच समस्या छैन, आन्तरिक छलफलमा विमति देखिनु स्वाभाविक

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन नआएको बताएका छन्। सिन्धुपाल्चोकको सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष दाहालले शनिबार प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। उनले पार्टीभित्रको आन्तरिक विषयमा छलफलको क्रममा विमति देखिनु स्वाभाविक भएको...बाँकी

  नेकपाको हेटौंडा १५ मा टोल कमिटी गठन

हेटौंडाः नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को हेटौंडा उपमहानगरपािलका वडा नम्बर १५ स्थित चिप्लेटी बाँसघारीमा टोल कमिटी शुक्रबार गठन भएको छ । नेकपा पार्टी वडा सदस्य चन्द्र बहादुर घलानको अध्यक्षतामा बसेको भेलाले १९ जना सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा बाबुलाल घलान, सचिव भिम बहादुर रुम्बा लगायत रहेका छन्...बाँकी