राजनीति

लोकसेवाको आवेदन दिनेको सङ्ख्यामा उतारचढाव, आवेदन दिने १ लाख १८ हजार

 प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए...बाँकी

पूर्वसांसद पौडेलको निधनमा शोक प्रस्ताव पारित

 काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं हाल...बाँकी

भारतले दियो रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन

रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाल पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको रेल विभागका प्रवक्ता महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले रिपोर्ट आएपछि त्यसबारे अध्ययन गरेर मात्रै विस्तृतमा भन्न सकिने बताए ।...बाँकी

गुठी विधेयकको पर्दा पछाडि बसेर कसले गर्न खोज्दैछ नेपालमाथि अदृश्य सांस्कृतिक हमला ?

सरकारले गएको वैशाख १७ गते गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा दर्ता गरेपछि त्यसमा राखिएका कतिपय प्रावधानलाई लिएर चौतर्फी विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मात्र नभई सत्तापक्ष सांसदहरूले नै यसको विरोध गरिरहेका छन् । यस्तै नागरिक स्तरबाट पनि नेपालको धार्मिक, सांस्कृतिक पक्षमाथि अतिक्रमण...बाँकी

कांग्रेस सांस्कृतिक संघको भेला हेटौंडामा, देउवाले उद्घाटन गर्ने

हेटौंडा ; भोली शुक्रबार र पर्सी शनिबार हेटौंडामा नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघको जिल्ला सभापतिहरुको भेला हेटौंडामा हुने भएको छ । भेलामा ७७ वटै जिल्लाका सभापति र विधागत संघका १० जना सभापतिहरु सहितको भेलाको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । संघले भेलाको विषयमा आज हेटौंडामा पत्रकार सम्मेलन...बाँकी

प्रदेश समन्वय परिषद्को वैठक सम्पन्न, दुई सरकार विच असन्तुष्टि पोखियो

हेटौंडा ;  बुधबारबाट हेटौंडामा सूरु भएको ३ नम्बर प्रदेश समन्वय परिषद्को वैठक सम्पन्न भएको छ । वैठकमा प्रदेश सरकार र स्थानीय सरकार विच रहेको असन्तुष्टी पोखिएको छ । यस्तै प्रदेश समन्वय परिषद्को वैठकमा प्रदेश सरकारले स्थानीय तह प्रति असन्तुष्टि व्यक्त गरेको थियो । प्रदेश सरकारका मुख्यमन्त्री र आन्तरिक मामिला तथा...बाँकी

सार्वजनिक यातायातको भाडा वृद्धि

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिए। यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो। व्यवसायीहरु लामो समयदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दै आएका...बाँकी

सभापतिलाई ८ करोडका गाडी, सांसदलाई ल्यापटप

संघीय संसद्ले विषयगत समितिका सभापतिका लागि झन्डै ८ करोडका गाडी खरिद प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयले ११ वटा गाडी र दुई वटा अपांगमैत्री मोटरसाइकल किन्न सहमति दिएसँगै सचिवालयले खरिद प्रक्रिया अघि बढाएको हो। समितिका सभापतिले चढिरहेका गाडी पुराना र काम नलाग्ने भएको भन्दै सचिवालयले बारम्बार अर्थ मन्त्रालयसँग बजेट मागेको...बाँकी