राजनीति

प्रदेशसभाका दुई वर्षः हतारमा ऐन, कार्यान्वयन फितलो

 हेटौडाः बागमती प्रदेशसभा गठन भएको शनिबार २ वर्ष बितेको छ । २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । दुई वर्षको बीचमा प्रदेशसभाले स्थायी राजधानी र नामाकरण टुंगो लगाएको छ । यस अवधिमा प्रदेशसभाले ४५ वटा विधेयक पारित गरेर कार्यान्वयनमा आइसकेको छ । दोस्रो वार्षिक दिवसको अवसरमा शनिबार...बाँकी

नेकपा बैठक आज सकिदै, ओलि सङ्ग छलफल गर्न प्रचण्ड बालुवाटारमा

हेटौंडा:  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । बैठक उद्घाटनमा लामो मन्तव्य दिएपछि छलफलहरुमा...बाँकी

हेटौंडा काठमाण्डौ सुरुङ्गमार्ग चाडै सुरुगर्ने मुख्यमन्त्री पौडेलको घोषणा

 हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौंडा(काठमाडौं सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताए। मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौंडाका...बाँकी

जन्मँदै छोरीलाई तीन लाख

हेटौंडाः प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा हुनेछ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्‍याउने निर्णय गरेको हो । नपढाउने र उमेर नपुगी बिहे गरिदिने...बाँकी

६ महिनामै ८४१ उजुरी

हेटौंडाः स्थानीय तहका अनियमिततामाथि छानबिन माग गर्दै पर्ने उजुरी बर्सेनि बढेका छन् । अख्तियारको हेटौंडा कार्यालयका अनुसार आव २०७३र७४ मा सात सय ९८ उजुरी दर्ता भएकामा २०७५ र ७६ मा आइपुग्दा उक्त संख्या बढेर एक हजार एक सय पुग्यो । २०७६र७७ को ६ महिनामै त्यस्ता उजुरी आठ सय ४१ वटा परेको कार्यालयका...बाँकी

नेकपाले हेटौंडा नगरमा संसदीय दल गठन गर्ने

[gallery size="full" ids="25025"] हेटौंडा/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिकाका कमिटिको बैठक आज शुक्रबार बसेको छ । नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकले ४१ सदस्यीय नगर सल्लाहकार कमिटि चयन गरेको छ । बैठकले १९ वटै वडा कमिटिहरुको पूर्ण बैठक बस्ने मिति तय गरेको छ...बाँकी

पत्रकारको लाइसेन्स जाँचको व्यवस्था हटाउन पत्रकार महासंघको माग

हेटौडाः नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका...बाँकी

अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

हेटौंडाः सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एउटा मुद्दाको अभिलेख लिएर १५ दिनभित्रै आफैं इजलासमा उपस्थित हुन आदेश दिएको छ । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार दिएको आदेशमा सचिव न्यौपानेलाई अनिवार्य उपस्थित हुन भनिएको छ । नेपाल आयल निगमका तत्कालिन...बाँकी