राजनीति

नेविसंघको झडप

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई समूहबीच झडप भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुई समूहबीच झडप भएको हो । घटनामा दुई जना घाइते छन् । घाइते हुनेमा कमल पन्त र लक्ष्मी बोगटी रहेको नेविसंघका नेता विकास भण्डारीले बताए । उनीहरुलाई उपचारका लागि सानेपास्थित...बाँकी

पानोरमा रिसोर्टमा किन एसी छैन ?

हेटौंडा : ८ जना भारतीय पर्यटकको मृत्यु भएको दामनको एभरेष्ट पानोरमा रिसोर्टको मापदण्ड जाँचबुझ गरी कारबाही गर्न प्रदेश सांसदले माग गरेका छन् । बागमती प्रदेशको सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले भ्रमण वर्षको उत्साहमा रहँदा पहिलो गासमै ढुंगा परेको बताइन् । उनले ८ जना भारतीय पर्यटकको...बाँकी

सुशासनमा लाग्नुपर्ने सांसदहरुको भनाई

हेटौंडाः बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले सुशासन मुखमा नभई व्यवहारमा लागुहुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले भ्रष्टाचारको जालो हरेक क्षेत्रमा रहेको भन्दै यसको न्यूनिकरणमा जोड दिन प्रदेश सरकारले काम गर्नुपर्ने...बाँकी

पर्यटकिय स्मारक यसरी बन्दैछ ऐतिहासिक पार्क

हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ । पार्कमा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका चार जना अग्रजको पूर्ण कदको सालिक स्थापना गरिएको हो । तिनमा सर्वमान्य नेता एवं २०४६ सालको...बाँकी

अन्सारीको घर अगाडि शंकास्पद बम

 वीरगन्ज — नेशनल मेडिकल कलेज वीरगन्जका एमडी बशरूद्दिन अन्सारीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । वीरगन्ज महानगरपालिका-८ पानीट्यांकीस्थित अन्सारीको घरको मूलगेट अगाडि बिहान शंकास्पद वस्तु देखिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गौतम थापाले सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको निरीक्षण गरिरहेको बताए। अन्सारी नीजि मेडिकल कलेज एशोसिएशनका...बाँकी

हजारको नोटमा दुईवटा हात्ती

काठमाडौँ  : अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो । अहिले हजारको नोटमा एउटा हात्तीको तस्बिर देखिन्छ । अब त्यहि...बाँकी

मकवानपुरको एनसेलको टावरमा आगजानी

मकवानपुरको दुई स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ। आइतबार राति भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको एनसेल टावरमा अज्ञात समूहबाट आगजनी भएको हो। आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा प्रहरी टोली पुगिसेकेको...बाँकी

नाम र राजधानीपछि बागमती प्रदेशसभाको पहिलो बैठक

 हेटौंडा । बागमती प्रदेश सरकारले दुई विधेयक प्रदेशसभामा पेश गरेको छ । बागमती प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जमकट्टेलले आइतबारको बैठकमा प्रदेशकभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका हुन् । यस्तै बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश दुग्ध...बाँकी