राजनीति

अपराधीको पक्षमा काम गर्दा गृहमन्त्री पुत्रलाई २ करोड २५ लाखको गाडी उपहार

प्रहरीले गोली हानेर अपराधीलाई नियन्त्रणमा लिन्छ । गृहमन्त्रीका छोरा डाक्टरसँग तात्तिन्छन्, ‘त्यसको तुरुन्त अपरेशन गरिदिनुस्’ । यति नगरे कसरी कमाई होला त, दुई करोड २५ लाख पर्ने गाडी ? हो, अहिले गृहमन्त्रीका पुत्र प्रतीक थापाले टोयोटा कम्पनीको प्राडो टिएक्स, अटोमेटिक फुल्ली लोडेड लिएका छन् । यही गाडी भरतपुरकी मेयर रेणु...बाँकी

जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउने बाटो खुला

 प्रदेश नम्बर–५ सरकारले जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐन संशोधन गरेर स्थानीय जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिने पाउने बाटो खुला गरिदिएको हो । यसअघि, स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने व्यवस्था रहेको थियो । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको...बाँकी

सानातिना झमेलाको समाधान आ-आफ्नो नगरमा, हेटौंडाका नागरिकलाई राहत

जनप्रतिनिधि रहेका स्थानीय निकायमा न्याय सम्पादनको कार्य सुरु भएपछि सानोतिनो विवाद सुल्झाउन अदालत नै पुग्नुपर्ने बाध्यता हटेको छ । सानातिना झमेलाका कारण अदालत नपुग्दै समस्या समाधान हुन थालेपछि नागरिकले पनि राहत भएको बताएका छन्। हेटौडा उपमहानगरपालिकाको न्यायिक समितिमा हालसम्म २४ मुद्दा दर्ता भएका छन्। न्यायिक समिति कार्यविधि ऐनबमोजिम कारवाही हुने...बाँकी

पर्यटनमन्त्रीज्यू, फेसबूकमा लोगो राख्दैमा धूलो खान आउलान् त २० लाख पर्यटक ?

 गत शुक्रवार नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले राजधानीस्थित एक भव्य होटलमा आयोजित एक कार्यक्रममा पर्यटन वर्ष २०२० लाई सफल बनाउन सबैलाई टुंडिखेलमा बोलाएर सपथ खुवाउने बताए । नेपाल भ्रमण वर्ष सबै मिलेर सफल बनाउनुपर्ने र सपथ खान प्रधानमन्त्री पनि टुँडिखेलमा उपस्थित हुने उनको दाबी थियो । आइतवार भट्टराईले सबै नेपालीले सामाजिक...बाँकी

नेपाल रेडक्रसको दर्ता खारेज गर्ने सरकारको चेतावनी, २४ घण्टे स्पष्टीकरण मागियाे

भ्रष्टाचार र अनियमितताका कारण चरम विवादमा फसेको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी दर्ता खारेजी हुने अवस्थामा आइपुगेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको नेतृत्वलाई २४ घण्टे स्पष्टीकरण सोध्दै दर्ता खारेजी वा निलम्बनको कारबाही किन नगर्ने भनेको छ । वर्तमान कार्य समितिको वैधानिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको...बाँकी

बकरईदको अवसरमा मुख्यमन्त्री पौडेलद्वारा शुभकामना

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ईस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको हो उहाले सोमबार एक सन्देश जारी...बाँकी

कलैयामा बजार व्यवस्थापनको लागि कार्यशाला गोष्ठि

कलैया उपमहानगरपालिका भित्र बजार व्यवस्थापन र त्यसको लागि आवश्यक नीति निर्माणको लागि दुई दिने कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सौराहमा भएको छ । स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता सचेतना सम्बन्धी कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार र शनिबार भएको हो । कार्यक्रममा  बजार व्यवस्थापनको लागि ठाउँ छनौट, ऐन निमय निर्माण...बाँकी

प्रदेश नम्बर ३ की संसाद न्यूरोडमा लुटिईन

राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सुवेदीसँगै रहेकी सावित्री आचार्यका अनुसार सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् । पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र भएको जनाइएको छ । हालसम्म घटनाबारे प्रहरीलाई खबर नगरिएको उनले बताइन्...बाँकी