समाज

विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू

कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ। लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन्। नयाँ संक्रमित भेटिएपछि चीनमा फेरि बजार बन्द चीनको राजधानी बेइजिङमा दोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न पसल बन्द गरिदिएको छ। कोरोना महामारी पूर्णतः नियन्त्रणमा...बाँकी

नेपालमा कोरोना संक्रमित संख्या ४ हजार ६ सय १४ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बुधबार २५० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको हो । बुधबार २७९ जनामा कोरोना पुष्टि भएको थियो भने मंगलबार ३२३ जनामा संक्रमण पुष्टि...बाँकी

हेटौंडामा दादुरा रुवेला विरुद्धको खोप लगाउन सुरु

हटौंडा उपमहानगरपालिकाका बालबालिकालाई आजबाट दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका अनुसार आजदेखि असार ६ गतेसम्म नगरका विभिन्न स्थानमा रहेका १०६ वटा खोपकेन्द्रमार्फत ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइनेछ । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन आव्हान...बाँकी

मकवानपुरमा होम क्वारेन्टाइनमा बस्ने १६८ जना

हेटौंडाः बागमती प्रदेशमा होम क्वारेन्टीनमा बस्नका लागि प्राथमिकता दिन थालिएको छ । कोरोना भाइरस (कोभिड १९) को संका लागेका विरामीहरुलाई पनि क्वारेन्टीनमा वस्नका लागि प्रादेसीक अस्पतालबाट दवाव समेत दिइएको विरामीको गुनासो छ । अधिकांश क्वारेन्टीनको अवस्था मापदण्ड नपुगेको र क्वारेन्टीनमा मृत्यु हुनेको सख्या समेत वढ्न थालेपछी बागमती प्रदेश सरकारले पनि...बाँकी

प्रहरी प्रमुख लामालाई स्वतन्त्र जनदबाब अभियानले ज्ञापनपत्र बुझायो

पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा हेटौडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको अन्तिम दिन आज प्रदेश प्रहरी महानिरिक्षक बसन्त लामालाई स्वतन्त्र जनदबाब अभियानले ज्ञापनपत्र बुझाएको छ । रुकुम चौरजहारीमा भएको सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब...बाँकी

रुकुम घटनाको बिरोध हेटौडामा ५ दिने हस्ताक्षर सङकलन तथा धर्ना कार्यक्रम सम्पन्न

पश्चिम रुकुम चौरजहारी ८ सोतिमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा हेटौडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको आज समापन भएको छ । आज बिहान ७ बजेबाट ९ बजेसम्म धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रम आज बागमति प्रदेश सभा सदस्य ओम ग्लानले...बाँकी

पेस्तोल सहित भरतपुरबाट एक युवा पक्राउ

प्रहरीले पेस्तोलसहित भरतपुरबाट एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो चार बजे भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट अवैध हतियार पेस्तोलसहित सोही ठाउँका २० वर्षीय सुजन सुनार पक्राउ परेको चितवन प्रहरीले जानकारी दिएको छ । उनले आफ्नो घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश शाहको टोलीले खानतलासी गरेको थियो...बाँकी

कुवेतबाट ३ सय ६ जना नेपाली महिला कामदार आइपुगे

कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ । जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर...बाँकी