समाज

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको...बाँकी

एसिडपीडितलाई रोजगारीको ग्यारेन्टी गर्न सुझाव

एसिड आक्रमणबाट घाइते व्यक्तिलाई सरकारले नै जीवन निर्वाहका लागि रोजगारीको ग्यारेन्टी, आजीवन निःशुल्क उपचारलगायत कानुनी संरचना बनाउनुपर्ने सरकारी अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ । साउन २३ गते नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको संयोजकत्वमा गठित गृह, कानुन, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारी सम्मिलित समितिले पीडितमैत्री...बाँकी

१२ वर्षीया बालिका एक वर्षदेखि बलात्कृत

गत मंसिर १३ मा आमा घाँस काट्न गएकी थिइन् । घरमा बाबु एक्लै थिए । त्यही बेला बाबुले एक्कासि घरका सबै ढोका बन्द गरे र उनलाई भुइँमा सुताए । खासमा आफूमाथि के हुँदै थियो उनले केही मेसो पाइनन् । त्यसपछि बेहोसझैं भइन् । होसमा आउँदा लगाएका कपडा रक्ताम्य थिए । कतै केही भने मारिदिने भन्दै बाबुले...बाँकी

विश्‍वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या तीन करोड ५९ हजार ८ सय ९६ रहेको छ...बाँकी

आज देशभर वर्षाको सम्भावना

आज (शुक्रबार) पनि मौसम बदली भई देशका धेरैजसो स्थानमा बर्षा हुने मौसमविदले बताएका छन् । नेपालमा केहि दिन मनसुन लम्बिएको बताउँदै मौसमविदले हेटौंडामा गएरातिबाट पानि परिरहेको र देशका कतिपय स्थानमा विहानैदेखि पानी परिरहेको जानकारी दिएका छन् । महाशाखाका अनुसार वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । आज देशका...बाँकी

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

हेटौंडाको चौकिटोलमा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ७० बर्षीय पुर्णबहादुर श्रेष्ठको उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । टाउको र शरीरको विभिन्न...बाँकी

२४ घन्टामा १५ सय ३९ संक्रमित, १ हजार ६८ जना डिस्चार्ज

नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए । हालसम्म संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । २४...बाँकी

विस्थापित भोकै, बटुलिएको राहत कुहिँदै

झमझम पानी परिरहन्छ । ओत लाग्न छिमेकीको मकैबारी मासेर बनाएको अस्थायी छाप्रोमा दुई परिवारका ७ जना कोचिन्छन् । भुजी खोलाको पश्चिम किनारमा एउटा पुरानो र दाताले दिएका दुई गरी तीनवटा पाल गाँसेर टाँगिएको छ । छाप्रोको एकातिर चित्राले बारिएको छ, अर्कोतर्फ खाली । बाछिटाले सुतेकै ठाउँ भिजाउँछ । बागलुङको ढोरपाटन–९ मा बाढीपहिरोले घर बगाएपछि एउटै...बाँकी