समाज

नेपालमा थप २५९ जनामा कोरोना, संक्रमितको संख्या २१ हजार ९ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २५९ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित...बाँकी

प्रधानमन्त्री ओली भन्छन्– संकटका बेला आफ्नै दलका नेताहरु गैरजिम्मेवार भए, आफ्नो स्वार्थको पछाडि कुँदे

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन् । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही...बाँकी

शरीरमा आफैँले आगो लगाएका क्वारेन्टाइनका सुरक्षागार्डको उपचारका क्रममा मृत्यु

रुपन्देहीको देवदहस्थित क्वारेन्टाइनका सुरक्षागार्डको मृत्यु भएको छ । देवदह–५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान करिब ४ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शरीरको अगाडिको भाग, अनुहार, हात, खुट्टा सबै जलेको र उपचारका लागि देवदह मेडिकल...बाँकी

मकवानपुर जिल्ला निर्वाचन कार्यलयमा ९९ जनाले नाम दर्ता

कुमारी स्याङ्बो हेटौंडाः मकवानपुर जिल्ला निर्वाचन कार्यालयमा आर्थिक वर्ष २०७६÷७७ मा ९९ जनाले नाम दर्ता गरेको छ भने जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ५ सय ९० जनाको नामवली दर्ता संकलन भएको छ । मकवानपुर जिल्ला निर्वाचन कार्यलयमा श्रावण महिनामा ८ वटा, भदौमा ३ वटा, असोजमा ९ वटा, कात्र्तिकमा १३ वटा,...बाँकी

आवश्यकता अनुसार योजना ल्याएका छौं : राजकुमार मल्ल

कुमारी स्याङ्बो मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिकामा वर्षायाममा समस्या झन थपिने गर्दछ । पछिल्लो समय परेवाभीरको कारण चर्चामा आएको छ । परेवाभीर मात्रै होइन राक्सिराङमा धेरै समस्या छन् । पछिल्लो समय विकट राक्सिराङमा भएका गतिविधिबारे गाउँपालिका अध्यक्ष राजकुमार मल्लले   गुगलपाटी संग गरेको  कुराकानी : अध्यक्ष ज्यु, गाउँपालिकाको समग्र अहिलेको...बाँकी

गाई काटेको आरोपमा चार जना पक्राउ

प्रहरीले गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई पक्राउ गरेको छ । सोमबार बेनी–८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ का हिरा रसाइली, बेनी–६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका–२ बागलुङका राजु विक छन् । उनीहरूमाथि पशुपक्षीसम्बन्धी...बाँकी

गाई काटेको आरोपमा चार जना पक्राउ

प्रहरीले गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई पक्राउ गरेको छ । सोमबार बेनी–८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ का हिरा रसाइली, बेनी–६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका–२ बागलुङका राजु विक छन् । उनीहरूमाथि पशुपक्षीसम्बन्धी...बाँकी

होम क्वारेन्टाइनमा एकजनाको मृत्यु

चितवनको खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषको गएराति मृत्यु भएको हो । गएराति एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको...बाँकी