समाज

किशोरी हत्या प्रकरण : ‘प्रहरीले छानीछानी कमजोर खोजेर फसाउन खोज्यो’

निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रोशनी र बबिता बमको बयान आइतबार पनि सुरु भएको छैन । प्रहरीले आन्तरिक तयारी नसकिएकाले बयान ढिलो भएको बताएको छ । डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर सूक्ष्म अनुसन्धान भइरहेको एसपी कुबेर कडायतले जानकारी दिए । ‘हामीले आन्तरिक रूपमा गर्नुपर्ने अनुसन्धानका विभिन्न चरणमा काम गरिरहेका...बाँकी

यौनकर्मी नल्याएको भन्दै सुरक्षागार्डको हत्या

विराटनगर ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका २ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम...बाँकी

स्थानीय पत्रपत्रिकाः अंशबन्डाको नाममा निर्बाध प्लटिङ, कति खप्ने अघोषित लोडसेडिङ ?

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेको छ । आजको साझाकुरा दैनिकले भूकम्पपछिको पुननिर्माणको लागि जग्गा खरिदमा अनुदान माग्नेमा मनहरी गाउँपालिकाका लाभग्राही बढी रहेको तथ्याङ्कसहितको समाचार छापेको छ । मकवानपुरका ९७ जना भूमिहीन भूकम्पपीडितले जग्गा खरिदको अनुदान माग गरेकोमा मनहरी गाउँपालिकाको मात्र ६२ जना रहेका...बाँकी

बिकट अण्डमान टापुमा नेपालीपनको माया

हेटौंडा नगरका एक वडाध्यक्षसहितको टोली त्यहाँको भौगोलिक तथा लामो समयदेखि त्यहाँ रहँदै आएका नेपालीको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्न भारतको टापु समूहमा पुगेको छ । भारतको अण्डमान र निकोबार द्वीप समूह पुग्नुभएका उहाँहरुले  भन्नुभयो–दुःखमा बाँचे पनि त्यहाँको नेपालीपनले मन छोयो । टोलीका सदस्य हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले भन्नुभयो–नयाँ ठाउँको...बाँकी

हेटौँडामा रेडियो बुलेटिन शुभारम्भ

मकवानपुरमा जिल्लामा सञ्चार क्षेत्रमा नयाँ आयम थप्ने उदेश्यले हेटौँडाबाट नयाँ रेडियोको रुपमा “रेडियो बुलेटिन ८९.७ मेगाहर्ज”ले सञ्चालन प्रारम्भ गरेको छ । रेडियो बुलेटिनले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि भदौ १३ गतेबाट समाचार सहितका कार्यक्रमहरु शुभारम्भ हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रेडियो बुलेटिनका प्रवन्ध निर्देशक अनिलकुमार खातीले...बाँकी

मकवानपुरका स्थानीय झोलुङे पुल बनेपछि खुसी

झोलुङे पुल सञ्चालनमा आएसँगै उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका बासिन्दा खुसी भएका छन् । बिहान भरी कृषिकर्म गरेर आएकी सानटारकी ५५ वर्षीया लीलामाया थोकर नवनिर्मित झोलुङ पुलबाट पारीतर्फ जाँदै भनिन्, ‘अब वारीपारी गर्न सजिलो भयो, बोकेदहमा पुल नभएर वर्षायाममा आउजाउ गर्न समस्या थियो ।’ गत वर्ष साउनमा किसेडी खोला तरेर हेटौंडा बजारतर्फ जान...बाँकी

रौतहट डुंगा दुर्घटना अपडेट : दुईजनाको शव फेला

  रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् । औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शवभारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ।उक्त घटनामा...बाँकी

अाज उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी...बाँकी