समाज

पिउन उपयुक्त नभएका हेटौंडाका पानीको उत्पादन र बिक्री बन्द

मकवानपुरको हेटौंडामा रहेका पिउनका लागि उपयुक्त नभएका तीनवटा वेभरेजमा प्रशासनले उत्पादन र बिक्री बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले हेटौंडा औद्योगिक क्षेत्रमा रहेको मकवानपुर वेभरेजको उत्पादन माई च्वाइस् , शुभम् वेभरेजको उत्पादन आक्वा टाइम र नेचुरल वेभरेजको अमृत जल पिउनका लागि अयोग्य रहेको भन्दै उत्पादन र...बाँकी

बसले ठक्कर दिँदा मृत्यु

बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास सिन्धुली सडकखण्डमा बसले ठक्कँर दिँदा आज एक मोटरसाइकल चाकलको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका– ३ बस्ने ३५ वर्षीय नेत्रबहादुर स्माइली मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सिन्धुलीबाट मोटरसाइकलमा दुईजना सवार भई बर्दिवासतर्फ आउदै गर्दा बर्दिवासबाट...बाँकी

फोहरले वातावरण प्रदूषण

काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् । वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्वती ल फर्मले आज यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले उक्त जानकारी दिनुभएको हो...बाँकी

क्यान्टिन चलाउनेको करामत,मेजर ढाल बने

  राजस्व छलीगरि भित्राइएको सामान सहित दुई ब्यक्ति र एउटा भारतीय स्कार्पीयो आवश्यक कारवाहीको लागि साउन १३ गते जिल्ला प्रहरी कार्यालय पर्साले बीरगन्ज भन्सार कार्यालय चलान ग¥यो । प्रहरीले भारतीय जेएच.०९.जे.३१११ नम्बरको गाडी सहित बीरगन्ज महानगर ८ दुर्गाटोलका गौतम चौरसिया र भारत बिहारको मोतीहारीका रामरोशन कुमारलाई नियन्त्रणमा लिएको थियो ।...बाँकी

पहिरोले नुवाकोटमा १० घर बगायो

बाढीपहिरोले नुवाकोटका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा शुक्रबार राति आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ । सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान,...बाँकी

आजको स्थानीय पत्रपत्रिकाः चेपाङलाई राज्यको हेलाँ, फुटपाथभरी मोटरसाइकल पार्किङ

हेटौंडाबाट प्रकाशित हुने आजका दैनिक पत्रपत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले सरकारले यसअघि वर्षेनि दिँदै आएको चेपाङका विभिन्न कार्यक्रम कटौती गरेपछि चेपाङ समुदायको आपति रहेको समाचार पहिलो पृष्ठमा छापेको छ । चेपाङ समुदायलाई २०३४ सालदेखि सरकारले हरेकवर्ष प्रदान गर्दै आएको चेपाङ विकास...बाँकी

औधोगिक क्षेत्रमा बृक्षारोपण

लायन्स क्लब अफ पाथीभरा गोल्डले हेटौंडा उपमहानगरपालिका ९ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा शनिबार बृक्षारोपण गरेको छ । क्लबले अशोक, धुपी, सतिसाल, काईयो फूल लगायत एक सय ५ बिरुवा रोपेको क्लबकी सचिव रश्मी बस्नेतले बताईन् । कार्यक्रम लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक ३२५ बी २ नेपालका डिष्ट्रीक गर्भनर सुनिल ओझाको प्रमुख आतिथ्य...बाँकी

नेपाल मगर युवा संघको जिल्लाको दोश्रो अधिवेन सम्पन्न

नेपाल मगर युवा संघको दोश्रो जिल्ला अधिवेशन शनिबार सम्पन्न भउको छ । सन्देश तुम्सिंग मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै उक्त अधिवेशन सम्पन्न भएको हो । उक्र समितिको उपाध्यक्षमा प्रभा थापा मगर,सचिवमा उपेन्द्र राना मगर,कोषाध्यक्षमा अमृत पुलामी मगर र सहसचिवमा सुष्मा राना मगर रहेका छन् । यसरी नै सदस्यहरुमा...बाँकी