माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आज बुधबारबाट सुरु हुँदैछ । परीक्षामा मकवानपुरका २ हजार २९ जना विद्यार्थीले सहभागिता जनाउँदैछन् । डि ग्रेडभन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थी मात्र परीक्षामा सहभागी हुनेछन् । परीक्षामा नियमिततर्फ एक हजार ९ सय २५ र एक्जाम्टेडतर्फ ३० जना र प्राविधिकतर्फ ७४ जना परीक्षार्थी सहभागी...बाँकी
गएराती पहिरो खसेपछि हेटौंडा–काठमाडौं छोटो मार्ग अवरुद्ध भएको छ । हेटौंडाबाट सिस्नेरी हुँदै दक्षिणकाली सडक र फाखेल हुमानेभन्ज्याङ हुँदै काठमाडौं जाने दुवै मार्गमा पहिरोले अवरोध गरेपछि हेटौंडा–काठमाडौंको छोटोमार्गमा सवारी आवागमनमा समस्या भएको हो । गएराती इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी पहिरो गएपछि हेटौंडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक अवरुद्ध भएको हो भने । इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मीमा...बाँकी
जिल्ला पशुसेवा कार्यालय काठमाडौंका वरिष्ठ पशु चिकित्सक डा। गौरीमान श्रेष्ठ दिनहुँ कार्यालय जान्छन्, हाजिर गर्छन् र घर फर्किन्छन् । गर्छु भने पनि अहिले उनलाई कुनै काम नै छैन । नया आर्थिक वर्षदेखि जिल्ला पशुसेवा कार्यालयहरू खारेज भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले समायोजन गर्न नसक्दा कामविहीन भएका हुन् । ‘सधैँ कार्यालय...बाँकी
पेशाले पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निशानकी आमा चमेलीले चलाएको रेस्टुरामा लामो समयदेखिका नियमित ग्राहक थिए । नियमित आउजाउमा यी दुवैले निशानलाई चिनेका मात्रै थिएनन चमेलीको श्रीमानले विदेशबाट नियमित पैसा पठाउने कुरा पनि थाहा पाएका थिए । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार श्रीमानले पठाएको पैसा जम्मा पारेको...बाँकी
काठमाडौँ — हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि।सं। १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी...बाँकी
हेटौंडाबाट पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित राइगाउँका लागि छुटेको बस फापरबारीनजिकैको लम्कना खोलाले बगाएको छ । नारायणी संघ हेटौँडा कम्पनीका पूर्वी मकवानपुर संयोजक विश्व राईले सोमबार बिहान हेटौँडाबाट छुटेको ना ५ ख १८१६ नं को बसलाई लम्कना खोलाले बगाएको बताए । उनका अनुरा २० जना यात्रुसहितको बसलाई खोलाले बगाएको थियो ।...बाँकी
२४ औं विश्व आदिवासी दिवस प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा बिबिध कार्यक्रम गरि मनाईने भएको छ । प्रदेश ३ को राजधानी हेटौंडासँगै जिल्ला सदरमुकामहरुमा बिशेष कार्यक्रम गरि दिवस मनाउन लागिएको सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नेपाल आदिवासी जनजाति महासंघका प्रदेश ३ (नेवाःताम्सालिङ)ले सोमबार हेटौंडामा पत्रकार सम्मेलन...बाँकी
साउन महिनाभर शिवालयमा जल चढाउने तथा पूजाआजा गर्ने भक्तजनहरुको भीड लाग्ने गरेको छ । त्यस्ता भक्तजन एवम् तीर्थयात्रीहरुले बोलबम, डाकबम, दण्डवत बमलगायत विभिन्न उपनाममले चिनिन्छ र पुकारिन्छ । तर, पछिल्लो समय बमको अगाडि अर्को उपनाम थपिन थालेको छ ‘बियर बम’ । बोलबमको तीर्थयात्रीको भेषमा नेपाल आउने भारतीयहरुले नेपालतर्फ बियरलगायतका मदिरा...बाँकी