समाज

पौडी खेल्न दहमा हाम फालेका युवक फर्किएनन्

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर एक र दुईको बीचमा पर्ने ठूलो खोलामा पौडी खेल्ने क्रममा एक युवाको ज्यान गएको छ । बिहीबार दिउँसो साथीहरुसँग पौडी खेल्न गएका बर्दिया जिल्ला मधुवन नगरपालिका–५ बस्ने २० वर्षीय सुरेश आले मगरको दहमा डुबेर मृत्यू भएको दुई नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए । उनको...बाँकी

चेपाङ गाउँमा उज्यालो, खुशीले नाचे गाउँले (फोटो फिचर)

मकवानपुरको राक्सिराङ गाउँपालिका ७ धिराङमा बत्ती बलेपछि चेपाङ समुदायमा खुशीयाली छाएको छ । वर्षौदेखि टुकीको भरमा अभाव र गरिबीमा कष्टकर दैनिकी बिताएका उनीहरुले गाउँ नै झिलिमिली भएपछि नाचेर खुशीयाली मनाएका हुन् । मकवानपुरको सबैभन्दा बिकट सडक पहुँचबाट करिब छ घण्टाको उकाली चढेपछि पुगिने धिराङमा उज्यालो उनीहरुको सपना थियो । एक...बाँकी

मकवानपुरमा २६ हजार सवारी कारबाहीमा, ६८ दूर्घटनामा ५८ जनाको मृत्यु

मकवानपुरमा एक वर्षको अवघिमा २६ हजार एकसय सवारी साधन कारबाहीमा परेका छन् । नियमबिपरित सवारी चलाउने सवारी साधनलाई कारबाही गरेर ट्राफिक प्रहरीले एक करोड ६४ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को अवधिमा सबैभन्दा बढी बस, ट्रिपर, ट्याङ्कर कारबाहीमा परेका छन् । ७ हजार...बाँकी

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

 (रासस) : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको...बाँकी