समाज

हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

हेटौँडा उपमहानगरपालिका वडा नम्वर १७ मा ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ६ का (बर्ष नखुलेको) सुजल नेगी र सोही स्थान बस्ने बर्ष अन्दाजी ५० को शंखर लोप्चन रहेको हेटौँडा अस्पतालले जनाएको छ ।...बाँकी

बागमतीमा कोरोना संक्रमितको संख्या ९ सय पुग्यो

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ९ सय २९ पुगेको छ । आईतबार प्रदेशको ३ जिल्लामा १० जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ९ सय २९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । आईतबार थप हुनेहरुमा काठमाण्ण्डौका ८ जना,नुवाकोटका १ जना र मकवानपुरका १ जना...बाँकी

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने...बाँकी

हेटौंडाको दिव्य सेवा आश्रममा पाथीभरा गोल्डको बृक्षारोपण

हेटौंडा । लायन्स क्लव अफ हेटौंडा पाथीभरा गोल्डले हेटौंडा १५ स्थित दिव्य सेवा निकेतन आश्रममा फलफुलको विरुवा बृक्षारोपण गरेको छ । क्लबले मेवा, एभोकाडो, कागती, अनार, अम्बा, कुरिलो लगायत ५६ वटा विरुवा रोपेको हो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्य तथा लायन्स क्लव अफ हेटौंडा पाथीभरा गोल्डकी अध्यक्ष...बाँकी

धनुषामा कोरोना संक्रमणको कारण एकको मृत्यु

कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको...बाँकी

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन...बाँकी

मकवानपुर गढीमा खोलाले बगाउँदा एकको मृत्यु

हेटौंडाःमकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सामारी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नं। ६, ७ र २ को सिामानामा रहेको कार्कीखोला दोभानबाट खोला तर्ने क्रममा गढीगाउँपाउपालिका ६ सरङ्पुरका ४१ बर्षिय जुलाबसिह रुम्बालाई खोलाले बगाउँदा मृत्यु भएको मकवानपुरगढि गाउँपालिका वडा नं। ६ का वडाध्यक्ष टीका प्रसाद दाहालले जानकारी दिनु...बाँकी

आजबाट फेरि वर्षाको ठुलो सम्भावना

आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँहरु मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश १ र २ का...बाँकी