भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको...बाँकी
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन् । यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै संकायअनुसार विद्यार्थीको अनलाइन रजिस्ट्रेसनको प्रक्रिया अघि बढाएका छन् ।...बाँकी
लगातारको वर्षाले रौतहटको चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको लच्का खण्ड जलमग्न भएको छ । सडक जलमग्न भएपछि शुक्रबार बिहान केहीबेर यातायात अवरुद्ध भएको थियो । अहिले ठूला सवारी साधनलाई पालैपालो पास गराइएको छ । साना गाडी र मोटरसाइकललाई भने आवतजावत गर्न गाह्रो भएको छ । इलाका प्रहरी चन्द्रपुर, जिल्ला ट्राफिक र...बाँकी
बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको...बाँकी
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीवारदेखि सक्रिय मनसुन सोमवारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताए । ‘आगामी सोमवारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ’, मौसमविद् पोखरेले भने । मौसमविद्का अनुसार यस वर्ष...बाँकी
बिहिबार साँझ देखि परेको भारी वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको...बाँकी
बिहिबार साँझबाट सुरु भएको वर्षाको कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ को एक घर डुवानमा परेको छ । हेटौँडा ५ अब्बल डाँडामा रहेको गोपीनी गौतमको घर डुवानको चपेटामा परेपछि वडा अध्यक्ष राजेश बानीया तथा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरिक्षक इश्वरी प्रसाद भण्डारीको टोली उक्त क्षेत्रमा पुगेका छन् ।...बाँकी
हेटौंडा उपमहानगपालिका क्षेत्रमा रहेको कर्रा खोलामा निरन्तर वर्षासँगै पानीको बहाव बढेको छ । बिहिबार दिउँसो र रातिको भारी वर्षाले कर्रा खोलामा पानीको बहाव बढेको हो । पानीको बहाव बढे संगै हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ को गर्दोइ तथा शान्तिनगर क्षेत्रका स्थानिय चिन्तित बनेका छन् । गएको वर्ष पनि मनसुनमा कर्रा...बाँकी