बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको...बाँकी
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीवारदेखि सक्रिय मनसुन सोमवारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताए । ‘आगामी सोमवारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ’, मौसमविद् पोखरेले भने । मौसमविद्का अनुसार यस वर्ष...बाँकी
बिहिबार साँझ देखि परेको भारी वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको...बाँकी
बिहिबार साँझबाट सुरु भएको वर्षाको कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ को एक घर डुवानमा परेको छ । हेटौँडा ५ अब्बल डाँडामा रहेको गोपीनी गौतमको घर डुवानको चपेटामा परेपछि वडा अध्यक्ष राजेश बानीया तथा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरिक्षक इश्वरी प्रसाद भण्डारीको टोली उक्त क्षेत्रमा पुगेका छन् ।...बाँकी
हेटौंडा उपमहानगपालिका क्षेत्रमा रहेको कर्रा खोलामा निरन्तर वर्षासँगै पानीको बहाव बढेको छ । बिहिबार दिउँसो र रातिको भारी वर्षाले कर्रा खोलामा पानीको बहाव बढेको हो । पानीको बहाव बढे संगै हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ को गर्दोइ तथा शान्तिनगर क्षेत्रका स्थानिय चिन्तित बनेका छन् । गएको वर्ष पनि मनसुनमा कर्रा...बाँकी
कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध हुन पुगेको छ । पोखरा–१८ सराङकोट, गोठादीमा बहिीबार राति खसेको पहिरो । पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ ।...बाँकी
मकवानपुर जिल्लाको स्थानिय तह समन्वय बैठक बिहीबार बसेको छ । जिल्ला समन्वय समिति (जिसस)मकवानपुरले हरेक महिना नियमित रुपमा आयोजना गर्ने समन्वय बैठक बिहीबार बसेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सभाको तयारी लगायत जिल्लाका विभिन्न स्थानीय तहहरुमा आईपरेका विविध समस्याका विषयमा छलफल गर्नुका...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो । कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म २० हजार ७ सय ९६ जनाको पीसीआर...बाँकी