कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक ब्याटिङ गर्दै कीर्तिमानी अर्ध शतक पुरा गरेका छन् । आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य पछ्याउने क्रममा मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्लको विश्फोटक अर्ध शतकसँगै नेपाल जित नजिक...बाँकी
विश्व ट्वान्टी–२० को एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । मंगलबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल सस्तोमै समेटिएपछि कतारले सहज जित हात पारेको हो । नेपालका लागि ओपनिङ गरेका पारस खड्का र ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरेपनि विकेटमा धेरै बेर टिक्न नसेपछि नेपालको ब्याटिङ...बाँकी
पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले प्रतियोगिता सम्पन्न भएको ५ महिनापछि सम्मान गरेको हो । आज विराटनगरमा आयोजित कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले खेलाडीलाई सम्मान गरेका हुन् । सम्मानित भएका खेलाडीले जनही ५०–५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।...बाँकी
सोमबारदेखि सिंगापुरमा सुरु हुने आइसिसी टी(२० विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल एक्लो दाबेदार हो। नेपाल वरियताको आधारमा अन्य टिमभन्दा अघि छ। पछिल्लो नतिजाको आधारमा नेपाललाई च्याम्पियन बन्न रोक्ने सक्ने प्रतिद्वन्द्वी देखिएका छैनन्। आइसिसीको टी - २० को विश्व वरीयतामा नेपाल एघारौं स्थानमा छ। वरीयतामा नेपाल टेस्ट राष्ट्र जिम्बावे र आयरल्यान्ड...बाँकी
टी–२० विश्वकप २०२० को पूर्ण तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियामा हुने यो प्रतियोगिताको लागि नेपाललगायतका मुलुकले छनोट प्रतियोगिता खेलिरहेका छन् । यो विश्वकपका लागि श्रीलंका र बंगलादेश सोझै छनोट हुन सकेका छैनन् । जसको कारण यी दुई एसियाली मुलुकलाई सुपर–१२ मा स्थान बनाउन ग्रुप स्टेजको खेल जित्नुपर्ने हुन्छ ।...बाँकी
फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल तुलनात्मक रूपमा सहज समूहमा परेको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा परेको हो । नेपालसँगै समूहमा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत परेका छन् । अन्तिम खेलतालिका केहि समयमा थाहा हुनेछ । समूह ए : चीन, सिरिया, फिलिपन्स, माल्दिभ्स, गुआम...बाँकी
पहिलोपल्ट विश्वकपको उपाधि जितेर इतिहास कोरेको इंग्ल्यान्डका समर्थकले फाइनलमा आफ्नो टोलीका अलराउन्डर बेन स्टोक्सको इनिङ्स सायदै बिर्सने छन् । पाँचौं नम्बरमा ब्याटिङ आएर स्टोक्सको धैर्य इनिङ्सभर नै देखियो । संयमित प्रदर्शन गरेर ऐतिहासिक फाइनल खेल बराबरीमा ल्याउन उनको मुख्य भूमिका रह्यो । ९८ बलमा अविजित ८४ रन जोडेका स्टोक्सले लर्ड्सको विशाल मैदानमा ५...बाँकी
नेपालले मलेसियाविरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखलामा क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको छ। मलेसियाविरुद्धको शृंखला २-०ले आफ्नो पक्षमा पारेपछि नेपालले पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको हो। दोस्रो खेलमा आइतबार नेपालले मलेसियालाई ११ रनले पराजित गर्दै शृंखला क्लिनस्विप गरेको हो। यसअघि शनिबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो।...बाँकी